वैद्य माओवादीका नेताहरु पक्राउ गर्न सुरक्षा समितिको बैठक बस्दै

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, १३ कात्तिक । निर्वाचन विरोधी गतिविधि रोकी शान्तिसुरक्षा मजबुद पार्ने रणनीति बनाउन केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । आज बस्ने बैठकमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय नेताहरुलाई पक्राउ गरि चुनावसम्म नियन्त्रणमा राख्नेबारे छलफल हुने सुरक्षा स्रोतले बताएको छ ।



प्रमुख दलहरुले निर्वाचन वातावरण असहज बन्दै गएको गुनासो गरेपछि थप सुरक्षा रणनिती अपनाउन समितिको बैठक डाकिएको गृह मन्त्रालयले जनाएको छ । मंसिर ४ को निर्वाचन नजिकिँदै गइरहेका बेला चुनावी प्रचारका क्रममा नेता कार्यकर्ता माथि माओवादीले आक्रमण गरेकोले वातावरण असहज भएको भन्दै चार दलका शीर्ष नेताहरुले शान्तिसुरक्षा मजबुद बनाउन सरकारसंग आग्रह गरेका थिए ।

सुरक्षा निकायले गत आइतबार देखि नै जिल्ला स्तरका माओवादी नेताहरुलाई पक्राउ गर्न सुरु गरेको छ । तिहार लगत्तै माओवादीको सशक्त चुनावी बहिस्कारदेखि आमहड्ताल गर्ने पूर्वघोषित कार्यक्रम रहेको छ । यस्तै सुरक्षा व्यवस्था चुस्त र दुरुस्त राख्न प्रहरीले अपराधिक पृष्ठभूमी भएका १७ जना त्यस्ता व्यक्तिको पहिचान गरि उच्च निगरानीमा राखेको जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses