भिडियो हेर्न तल क्लिक गर्नुहोस |
(एजेन्सी)–जब फोटोग्राफर निक ब्रान्ड्ट पहिलो पटक उत्तरी तान्जानियामा रहेको न्याट्रन पोखरीमा गए तब पोखरीको तटमा जनावरहरुको भयानक प्रतिमा देखेर उनी जिल खाए । त्यसपछि उनले अझ अचम्म लाग्दो कुरा थाहा पाए – ती जनावरहरु वास्तविक जनावरहरु थिए जसलाई पोखरीको अल्कलाइन पानीले क्याल्सीकृत गरेको थियो ।

न्याट्रन एउटा यस्तो कम्पाउन्ड हो जुन ज्वालामुखीको खरानीमा पाइन्छ । यो त्यहि कम्पाउन्ड हो जसलाई इजिप्टका मानिसहरुले मम्मीजहरुलाई बाचइराख्नाका लागि प्रयोग गर्ने गर्दथे । यो पोखरीमा पाइने अल्कलाइन त्यो अमोनियासँग मिल्छ जसको पिएच ९ देखि १०.५ बिचमा रहेको हुन्छ र यहाँको पानीको तापक्रम ६० डिग्रि सेन्टिग्रेटको बीचमा रहेको हुन्छ । कुनै पनि जनावर यस्तो जलाउने खालको वातावरणमा बाँच्न सक्दैन र यस्तो वातावरणमा जोखिम उठाउनु भनेको आफ्नो मृत्यु वरण गर्नु सरह हो । न्याट्रन पोखरीको पानीमा जनावर पर्ने बित्तिकै यसको मिनरल्सले जनावरको मासुलाई ढुङ्गामा परिणत गरिदिन्छ र जनावरको अन्तिम अवस्थामा जस्तो थिए त्यस्तै गरेर जोगाइराख्छ । पोखरीको किनारामा पाइने मेरुडण्ड नभएका जनावर, समुन्द्रि घाँस र कुनै कुनै माछाहरु मात्र यहाँको वातावरणमा बाँचेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस |

0 comments
Write Down Your Responses