नायक अक्षय कुमारलाई मार्ने धम्की |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बलिउड नायक अक्षय कुमारलाई अन्डरवर्ल्डले धम्की दिएको छ । पछिल्लो दुई महिनामा उनलाई अन्डरवर्ल्डले दिएको यो तेस्रो धम्की हो । उनले आफूलाई अण्डरवर्ल्डले मार्ने धम्की दिएको भन्दै गत अक्टुवर २२ मा प्रहरीमा उजुरी दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



उनलाई फोन गरेर धम्की दिइएको थियो भने उनलाई फोन गर्नेले आफ्नो नाम रवी पुजारी भएको बताएका थिए । नायक अक्षयलाई फोनमा घरमा राखेको नोकर निकालेर गल्ति गरेको भनिएको समाचारमा जनाइएको छ । अक्षयले केही महिना अगाडि आफ्नो परिवारलाई दुर्व्यवहार गरेको भन्दै एक नोकरलाई निकालेका थिए ।

यता प्रहरीले भने यो धम्की अण्डरवर्ल्डबाट नआएको अनुमान गरेको छ । पछिल्लो दुई महिनामा बोनी कपुर, करण जोहर र सोनू निगमलाई पनि अण्डरवर्ल्डले धम्की दिएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses