गर्लफ्रेण्डले समय नदिएपछि छोरी बिक्रीमा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
गर्लफ्रेण्डले आफुलाई ध्यान नदिएको भनि रिसले आगो भएका एक अमेरिकी पुरुषले आफ्नी दुइ महिनाकी छोरीलाई बेच्ने असफल प्रयास गरेका छन् । छोरीलाई १ सय डलरमा बेच्नका लागि उनले अनलाइनमार्फत विज्ञापन समेत गरे ।
स्टाटेन टापुका २३ वर्षीय पाउल माक्र्वेजले क्रेगलिष्ट वेबसाइटमा आफ्नी दुइ महिनाकी छोरी बिक्रीमा रहेको सूचना दिएका थिए । उनले वेबसाइटमा आफ्नी दुइ महिनाकी छोरी खेल्न तथा रमाउन मन पराउने तर उनी दमकी रोगी भएकाले जुनसुकै बेला पनि सास रोकिन सक्ने खतरा रहेकाले आफुलाई मन नपरेको र बेच्न चाहेको उनले बताएका छन् ।
उनले वेबसाइटमा छोरी बिक्रीमा राखेपछि त्यसले सनसनी मच्चायो । उनलाई सुरक्षाकर्मीले पक्राउ गरी उनीमाथि बालबालिकामाथि दुव्र्यवहार लगायतको मुद्दा दायर गरेको छ ।
स्मरण रहोस् ती बालिकाकी आमा १९ वर्षकी छिन् र उनको माक्र्वेजसँग अनलाइनमा भेट चिनाजानी भएर प्रेम बसेको थियो । प्रेमकै सिलसिलामा उनीहरुबीच शारीरिक सम्बन्ध भएपछि दुइ महिनाअघि ती युवतीले छोरी पाएकी थिइन् । छोरी पाएपछि स्वभावतः उनले छोरीलाई बढि समय दिनुपर्यो र प्रेमीलाई समय दिन पाइनन् । जसका कारण प्रेमीलाई डाहा भयो र छोरीलाई शत्रु देख्न थाले अनि झुटो विवरण पेश गर्दै अनलाइन मार्फत छोरीलाई बिक्रिमा राखेको बताइएको छ ।

0 comments
Write Down Your Responses