गोरु काटेर खाएको अभियोगमा पाँचजना बाहुन ,क्षेत्री पक्राउ
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२२ साउन, स्याङजा । गोरु काटेर खाएको अभियोगमा सोमबार यहाँ पाँचजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बरुबालका अनुसार पक्राउ पर्नेहरूमा सोही गाविस वडा नं ९ का हस्तबहादुर क्षेत्री, कृष्णबहादुर क्षेत्री, राजेन्द्रबहादुर क्षेत्रीका छोरा कृष्णबहादुर क्षेत्री, रेशम पौडेल र शिव भन्ने वेदप्रसाद पौडेल रहेका छन् ।
उनीहरूले चिलाउनेबास गाविस वडा नं ८ की पद्माकुमारी पौडेलको गोठमा रहेको गोरु चोरेर वडा नं ९ स्थित अन्धाअन्धी खोलाको किनारमा लगेर काटेर खाएका थिए । प्रहरी निरीक्षक बरुबालका अनुसार उनीहरूले गोरुको केही मासु खाएका र केही त्यही ठाउँमा पुरेर राखेको अवस्थामा पशुसेवा कार्यालयका पशु विकास अधिकृत महेन्द्र मल्ल र प्रहरीको टोलीले गाडिएको मासु उत्खनन गरी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई गौबधसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रासस
onlinekhabar

0 comments
Write Down Your Responses