पेन्सन खान जिउँदै श्रीमतीको मृत्युदर्ता
४ भदौ, काठमाण्डौं । बाग्लुङको रेश ८ की डल्ली कुँवर ६० बर्ष पुगिन् । उनी अहिले पनि स्वस्थ्य छिन् । तर, श्रीमान पहलसिंह कुँवर क्षेत्रीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर पेन्सनपट्टामा नाम फेरेको भन्दै उनी न्याय माग्न जिल्ला प्रशासन कार्यालय आइपुगेकी छन् ।

अर्को बिहे गरेका पतिले आफूलाई पेन्सनबाट वञ्चित गर्न गाविसबाट मृत्युदर्ता प्रमाणपत्र बनाएको उनले बताइन् । झूटो विवरण पेस गरी जिउँदो मान्छेको मृत्यु दर्ता गराएर पेन्सनपट्टामा कान्छी श्रीमती हेमकुमारी कुँवरको नाम राखेकाले न्याय दिलाइदिन उनले प्रशासनमा उजुरी गरेकी छन् । ‘म छँदाछँदै हेलाँ गरेर अर्की श्रीमती ल्याएँ,’ डल्लीले भनिन्, ‘जिउँदो मान्छेलाई मरेको भनेर पेन्सनमा समेत नाम फेरे ।’
डल्लीले आपःूलाई पतिले खान, बस्न नदिएको भन्दै अदालतमा मुद्दा दायर गरेपछि २०६५ सालमा जिल्ला अदालत बाग्लुङले अंश दिने फैसला गरेको थियो । अदालतको आदेशमा आफ्नो नाममा मालपोल कार्यालयले लालपूर्जा दिए पनि जग्गा कमाएर खान नपाएको भन्दै न्याय खोज्न उनी सदरमुकाम आएको नागरिक दैनिकमा खबर छ ।
0 comments
Write Down Your Responses