इजरायलमा मालिक्नी बलात्कार गर्ने पुरुषलाई भएन मृत्युदण्ड !

भिडियो हेर्न तल क्लिक गर्नुहोस


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

४ साउन- महिलालाई बलात्कार गरी हत्या गरेको अभियोग लागेका फिलिपनका एक पुरुषलाई आजिवन जेल सजायको फैसला सुनाइएको छ । इजरायलको लोड जिल्ला अदालतले फिलिपनका रनेल अमौरले सन् २०११मा फर साबा नामकी आफु भन्दा जेठी महिलालाई बलात्कार गरी हत्या गरेका थिए । अमौर उक्त महिलाकोमा रेखदेख गर्ने काम गर्दै आएका थिए ।
फैसलाका क्रममा अदालतले उत्त हत्यारा पुरुषले महिलासंग उसको मृतक श्रीमानको जस्तै व्यवहार गर्ने गरेका थिए । पुरुषले गर्ने कामप्रति महिलाले पटकपटक गालीगलौज गर्ने र कमेन्ट गर्ने गरेको निक्र्यौल पनि अदालतले निकालेको वाइनेट न्युज डटकमको समाचारमा उल्लेख छ ।
त्यसैगरी सेप्टेम्वरको २०११ मा उत्त कामदार पुरुषले महिला सुतिरहेको समय छुन गएको र सुम्सुमाएका थिए । त्यतीबेला महिलाले प्रहरीलाई बोलाउन खोज्दा पुरुषले कसैलाई नभन्न भन्दै धम्काएको पुरुषकै बयानलाई आधार मानेर प्रहरीले जनाएको छ । 3502198097099408258noघटना भएको ३ दिन पछि अमौरले यो घटना महिलाले आफ्ना सन्तानहरुलाई सुनाउछन् भन्ने डरले सो महिलालाई बलात्कार गरी सिरानीले मुख छोपेर हत्या गरेका थिए । ‘मलाई माफ गरिदिनुहोस् हजुरआमा, म तपाईलाई मार्दिन थिए तर तपाईले अरुलाई मेरो कर्तुत सुनाउनुहुन्छ भन्ने डरले मार्न बाध्य भँए’ भन्दै उक्त पुरुषले हत्या गरेको अदालतको निक्र्यौल छ ।
हत्यागरेपछि अमौर पनि ५ तलामाथी वाट हामफालेर दुवै खुट्टा प्यारालाईज बनाएका थिए । अदालतका न्यायधिशले रेखदेख गर्ने मानिस या कामदारलाई बढी गाली गलौज गर्ने र मानसिक रुपमा चिन्दा दिदा यस्ता घटना हुने बताएका छन् । यो पनि यसकै परिणाम रहेको भन्दै उक्त पुरुषलाई मृत्युदण्डको सजायको सट्टा आजिवन जेल सजाय सुनाएका हुन् ।
बलात्कार गरी मार्ने यि हत्यारालाई दिइएको यो सजायले महिलालाई न्याय हुन्छ त ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses