दैनिक ११ नेपालीको आत्महत्या !
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१३ साउन, काठमाण्डौं । आत्महत्याको घटना नेपालमा डरलाग्दो रुपमा बढ्न थालेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार एक दिनमा ११ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् ।
०६८/७० मा आत्महत्याको दर अघिल्लो बर्षकै हाराहारीमा छ । ०६८/६९ मा तीन हजार नौसय ७७ जनाले आत्महत्या गरेको नयाँ पत्रिकामा खबर छ ।
मानिसले आत्महत्या गर्नुको कारण डिप्रेसन नै भएको मनोविद डा. सरोज धितालको भनाई छ । ‘धेरै तनाव सहन नसक्ने क्षमताका कारण मानिसहरु आवेगमा आई आत्महत्या गर्ने गर्दछन्,’ धितालको भनाई छ । त्यस्तै आर्थिक समस्या पनि महत्वपूर्ण कारण रहेको उहाँको भनाई छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses