हिमानी कोषमा जम्मा भयो ३८ लाख, बाँड्न पूर्वराजा जाँदै
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२८ असार, काठमाण्डौं । पूर्वयुवराज्ञी हिमानी शाहले हिमानी कोषमार्फत स्थापना गरेको बाढीपीडित राहत कोषमा पूर्वप्रधानमन्त्री कीर्तिनिधी विष्टदेखि बहालवाल बि्रगेडियर जनरल डा. किशोरजंग राणासम्मले सहयोग गरेका छन् । राहत कोषमा बिहीबारसम्म ३८ लाख ७४ हजार नौ सय ५९ रुपैयाँ जम्मा भएको छ ।
मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका बाढीपीडितलाई सहयोग गर्न हिमानीले केही दिनअघि कोष स्थापना गरेको घोषणा गरेकी थिइन् । कोषमा सहयोग गर्न उनले सार्वजनिक रुपमा आह्वान पनि गरेको नयाँ पत्रिकामा खबर छ ।
हिमानीले स्थापना गरेको राहत कोषमा ४२ जनाले नगद सहयोग गरेका छन् । १६ जनाले राहत सामग्री प्रदान गरेका छन् ।
राहत बाड्न पूर्वराजा जाने
हिमानीको आह्वानमा स्थापित बाढीपीडित राहत कोषमा संकलित नगद र राहत सामग्री वितरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाहसँगै हिमानी साउन पहिलो साता मध्य र सुदूरपश्चिमका बाढीपीडित क्षेत्रमा जाने भएका छन् । उनीहरु धनगढीसम्म हवाईजहाज र त्यसपछि गाडीमार्फत सो क्षेत्रमा जाने कार्यक्रम छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses