बाजुरामा दूध पाइँदैन, रक्सी जताजतै

भिडियो हेर्न तल क्लिक गर्नुहोस

५ साउन, बाजुरा । काठमाण्डौंदेखि पहिलो पटक बाजुरा आएका बिकासे कार्यकर्ता प्रद्युम्न अधिकारीले यहाँ बस्दाको अनुभव भिन्नै छ । उनी आफ्नो अनुभव यसरी साट्छन्, ‘बाजुरामा त दूध पाउन मुक्सिल, मदिरा त जहाँसुकै पाइदो रहेछ ।’ हुन पनि यस जिल्लामा घरेलु उत्पादित वा आयातित मदिरा नपाएने कुनै गाउँ/टोल नै छैन् ।
अधिकांश जनसंख्या कृषि तथा पशु व्यवसायमा निर्भर भनिए पनि दूध पाउन भने मुस्किल छ । सदरमुकाम मार्तडी या ग्रामिण क्षेत्रमा आवश्यकता अनुसार दूग्धजन्य पर्दाथ पाइदैन । दूध र त्यसबाट उत्पादन हुने परिकार दहि, घिउ, महीलगायतका पदार्थ विगतको तुलनामा घट्दै गएको स्थानीइ बासिन्दा बताउँछन् । ‘दुग्धजन्य पदार्थको स्थान मदिराले दिएको छ,’ कुल्ेबमाडौंका स्थानीय बासिन्दा हिक्मत थापाले भने । गाउँघरका बुढापाकाहरु अहिलेको अवस्था देखेर अचम्मै लाग्ने बताउँछन् । ‘हामी उमेरमा दुध, दहि खान्थ्यौं, अहिलेका युवा एका विहानै भट्टीमा भेटिन्छन्,’ कैलाशमाडौंका ८३ बर्षका लालबीर बुढाले भने ।
जिल्ला पशुसेवा कार्यालयले पनि पहिलोको तुलनामा दुग्धजन्य पदार्थको उत्पादन घटेकोको बताएको छ भने प्रहरीले पनि मदिरा पाए पनि दूध दहि नपाउने गरेको स्वीकार गरेको छ । दुई बर्षअघि यस जिल्लामा मदिरा बिक्री वितरण खुल्ला गरेपछि अहिले जताततै मदिरा पाइने गरेको कान्तिपुर दैनिकमा खबर छ 

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses