यौन सुखको लागी यसो गर्नुस् !
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
यौन समागम वा सम्भोगको उद्देश्य हो–चरम् यौन उत्तेजना प्राप्त गर्नु अर्थात् चरम् यौन उत्तेजनाद्वारा चरम् यौन सुख वा यौन आनन्द प्राप्त गर्नु तर सबै दाम्पत्तिले यो उद्देश्य प्राप्त गर्न सकिरहेका हुादैनन् । एक तथ्याङ्कअनुसार धेरै दम्पत्तिहरु प्रकृतिप्रदत्त यस चरम् यौन सुखबाट वञ्चित हुने गरेका र थोरैले मात्र वास्तविक यौनानन्दनद्वारा सुखी जीवन व्यतित गरेको पाइन्छ । सहवासमा संलग्न दम्पत्तिमध्ये कति केवल सन्तान प्राप्तिका लागि, कोही आफ्ना पति वा पत्नीको सन्तुष्टिका लागि र कोही केवल कर्तव्य निर्वाहका लागि यौन क्रियामा अग्रसर हुने गरेको पाइन्छ । अत: सुखी जीवनका लागि कामभोगमा संलग्न दम्पत्ति वा यौनसाथीले परस्परमा चरम् यौनानन्द प्राप्त गरी पूर्ण तृप्ति तथा यौन सन्तुष्टि प्राप्त गर्न ध्यान दिनु एवम् विचार पुर्याउनु अत्यावश्यक छ
स्वास्थ्य र सौन्दर्य:
काम भोगप्रति समाहित बनेर स्वत:स्फूर्त रुपमा स्वस्थ्य प्राकृतिक यौनानन्द प्राप्त गर्न मानिसको स्वास्थ्य र सौन्दर्यको महत्वपूर्ण स्थान रहन्छ । इन्द्रीय र तिनका विषयको संयोगबाट प्राप्त हुने सांसारिक सुखअन्तर्गत पर्ने यौनसुख वा काम सुख अत्यधिक आनन्ददायी बनाउन हाम्रा इन्द्रीय स्वस्थ्य र वलिष्ठ हुनुपर्दछ । धूमपान, मद्यपान, लागूपदार्थको दुव्र्सन र कुलतबाट बाच्नु र उचित आहारविहार, तनावमुक्त बन्ने व्यायाम तथा योगाभ्यास गर्नुका साथै संयम् एवम् सावधानीपूर्वक श्रम गर्नु नै स्वस्थ बन्ने अचुक औषधि र उत्तम उपायका रुपमा बताइएको छ । त्यस्तै मानिसको बाह्य सौन्दर्यले पनि प्रकृतिजन्य मादकता र यौन उन्माद पैदा गराई सुन्दर र सुमधुर भाव तथा कल्पनाका विषयभोग वा सम्भोगप्रति समाहित बन्न प्रेरित गर्दछ । एक–अर्कालाई आकर्षित पारी प्रेमपूर्ण आनन्द भोग गर्न शारीरिक सुन्दरता महत्वपूर्ण हुन्छ । त्यसमा पनि महिलाहरुको आाखा, अनुहार, स्तन आदिले आकर्षण र प्रभाव अझ बढी हुन्छ तर सौन्दर्यको नाममा शारीरिक तथा भावनात्मक शुद्धिमा विचार नपुर्याई कृत्रिम शृङ्गारमा मात्र जोड दिनुचाहिा कदापि बुद्धिमानी ठहर्दैन । लापर्वाही र असावधानीकै कारण नै मानिसमा धेरैजसो यौन तथा अन्य रोगको उत्पत्ति हुने हुादा यौनशिक्षा र स्वास्थ्यमा विशेष ध्यान पुर्याई यसतर्फ चनाखो बन्नु यौन जीवन सदा सुखी राख्न चाहने हरेक दाम्पत्तिको मुख्य कर्तव्य हो ।
आत्मविश्वास तथा दृढ मानसिक अवस्था:
उच्च र अधिक यौनसुखको आकांक्षा राख्ने यौनजोडी वा दम्पत्तिका लागि नभई नहुने अर्को महत्वपूर्ण तत्व र साधन हो, आत्मविश्वास तथा दृढ मानसिक अवस्था । आत्मविश्वास नै मानिसको यस्तो अन्तर्निहित शक्ति तथा सर्वाधिक शक्तिशाली हतियार हो, जो कुनै पनि क्षेत्रको उद्देश्य एवम् सफलता प्राप्तिका लागि अनिवार्य छ । त्यस्तै यौन जीवन र यौनक्रिया सफल पार्न आत्मविश्वासको गहन भूमिका रहने कुरामा सन्देह छैन । सच्चा यौनसुखका लागि सच्चा मानसिक अवस्था पनि त्यत्तिकै बाधक बन्दछ । यसै कारण पनि हाम्रो नीति–नियममा मानिस कम उमेरमा मानसिक रुपले परिपक्व र दृढ नहुने र यौनसुखका लागि सही निर्णय गर्न असमर्थ बन्ने भएकोले विवाह वा यौन सम्पर्क गर्न सकिने (हुने–नहुने) न्यूनतम् उमेर निर्धारण गरिएको हो ।
आत्मविश्वास तथा दृढ मानसिक अवस्थाबाटै यौनप्रतिको अनावश्यक आशंका, अविश्वास र भ्रमहरु हटाएर सामान्य तथा स्वाभाविक रुपले ग्रहण गर्दै उच्च कल्पनाका साथ यौन व्यवहार गरी कामभोगको क्षण मधुर र आनन्दमय बनाउन प्रशस्त मद्दत पुग्दछ । यदि यौनसाथी वा दुवैमा एक–अर्काप्रति आत्मिक तथा मानसिक रुपले पूर्ण विश्वास र समर्पणको भाव छ भने बाहिरी रुपरङ, शारीरिक असमानता, दुर्बलता गौण हुने र भरपुर यौनानन्द प्राप्त गर्न समर्थ बन्दछन् । गलत र भ्रमपूर्ण विश्वास र विचारका कारण नै सम्भोगमा असमर्थता र कतिपय यौन रोग एवम् समस्याको जन्म हुन्छ । मनमा अविश्वास र आशंकाको किटाणु रहेसम्म योग्य र सक्षम भइकन पनि स्वस्थ्य रुपमा यौनानन्द प्राप्त गर्न सकिादैन ।
मानसिक कमजोरी र आत्मविश्वासको अभाव हीन भावनाको परिचायक पनि हो ।
भोगासनको उचित प्रयोग:
हामीलाई जसरी सधौ एकनासको खानपान तथा आहार–विहारबाट अनिच्छा वा अमन भएमा विशेष पुष्टिदायी र परिकारयुक्त भोजन गरेर दैनिक रुपमा गरिने भोजनप्रतिको अरुचि हटाई पुन: रुचि र इच्छा जगाउन सकिन्छ । ठीक त्यसरी नै, सधौ एकै प्रकारको आसन र अवस्थाबाट उत्पन्न हुन सक्ने यौनप्रतिको अनिच्छा र एकोहोरोपन हटाएर सम्भोगमा नवीनता ल्याई अपूर्व आनन्द र उल्लासमय क्षणको रुपमा परिणत गर्न भोगासनको अत्यन्त महत्वपूर्ण भूमिका रहने भुक्तभोगी यौन विशेषज्ञहरु बताउाछन् । आसन परिवर्तन र समुचित प्रयोगबाट यौनरुचि र चाहनाअनुरुप काम उत्तेजना बढाएर यौन आनन्द उत्कर्षमा पुर्र्याएर चरम् सीमा प्राप्त गर्न सकिन्छ । कामशास्त्रमा ८४ आसनको उल्लेख गरिएको भए पनि कतिपय आसनको प्रयोगमा बढी अभ्यासको आवश्यकता पर्दछ । शारीरिक वा यौन अंगाकारको समस्या, कामवेगको प्रबलता, इच्छा र आवश्यकताअनुसार उपयुक्त आसनको चयन गरी अपनाउनाले मैथुनिक सुख वृद्धि गर्न सकिन्छ तर आनन्दको लोभमा सस्तो, अश्लील र अवैज्ञानिक आसनलाई महत्व दिनु हुादैन । स्त्रीमाथि पुरुष भई शयनावस्थामा (यौन क्रिया) गरिने सुखासनलाई नै आम रुपमा सर्वाधिक मानवोचित, सहज र आनन्ददायक आसनको रुपमा स्वीकारिएको पाइन्छ ।
अनुकूल वातावरण:
मानवजीवनमा खानपान, आहार, निन्द्राजस्तै मैथुनलाई पनि सामान्य मानवीय आवश्यकता वा भोगका रुपमा लिइने गरिए पनि यो (सम्भोग क्रिया) स्त्री–पुरुष दुवैले एकसाथ समान आनन्दानुभूति गर्ने विशेष भोग हो । अन्य भोगबाट प्राप्त हुने आनन्द र सन्तुष्टिमा अनुकूल वातावरण अवस्थाको प्रभाव रहेभैंm कामशास्त्रसम्मत र भावनाअनुकूल वातावरण र परिस्थितिमा सम्पन्न गरिने कामक्रिडा वा कामभोग संस्मरणीय हुन्छ । मानिसको चिन्तन र वातावरणले कामोत्तेजनामा ठूलो प्रभाव पार्दछ । यदि वातावरण र चिन्तन अनुकूल छ भने स्त्री–पुरुष कामोत्तेजनामा तीव्रता ल्याउन सक्छन् । भनिएको छ, यौन समागमका लागि समयावधि (गरिने दिन) निश्चय गरी भौतिक र भावनात्मक रुपले तयारी गर्ने र यौनेच्छा तीव्र बनाई एकान्त, मनोरम तथा भयरहित वातावरणमा मधुर र प्रेमपूर्ण कुराकानीबाट यौनजोडी एकअर्कामा समर्पित भई एकै विषयमा ध्यानमग्न र प्रयासरत् भएर सम्पन्न गरिने रतिक्रियाबाट अलौकिक र स्वर्गीय आनन्द प्राप्त हुन्छ, काम भोगको मिठास संस्मरणीय बन्छ । विशेषत: रात्रिको समय, एकान्त, सुन्दर र सुगन्धमय स्थलमा सहवासपूर्व गरिने प्राकक्रिडा (यौन उत्तेजनात्मक उपन्यास, पत्रपत्रिका पढ्ने, चुम्बन, स्पर्शादि गर्ने) गर्नाले नै आत्मिक तथा आन्तरिक रुपबाटै कामवासना जागृत गराई सफल सम्भोगको लागि अनुकूल वातावरण सिर्जना गर्न पर्याप्त मद्दत पुग्दछ ।
यौन सदाचारको पालना:
यौन सदाचार नै सुखको आधार हो । आचारहीन वा दुराचारी व्यक्तिले यौन विषय होस् वा अन्य कुनै पनि क्षेत्रमा सुख र सफलता प्राप्त गर्न सक्दैन । यस्ता व्यक्तिहरु यौन मर्यादा र नियमको ख्याल गरी वासनाको वशीभूत भएर काम भोगमा अशक्त भई चेतना गुमाउन पुग्छन् र परिणाममा दु:खै भोग्दछन् । यौन क्षेत्रमा उत्पन्न जति पनि विकृति र रोग छन्, तिनको मुख्य कारण यौन सदाचार र अनुशासनको उल्लंघन र असावधानी हो । यौन सदाचारको बाटो छोडेर कामवासना पूर्ति गर्न खोज्नेलाई कामान्धो भनिन्छ । भनिएको छ, कामान्धो नैनपश्र्यात: अर्थात् कामले अन्धो भएकालाई कर्तव्याकर्तव्यको सुझबुझ हुादैन । त्यस्तो व्यक्ति पछि जे सुकै पछुतो परे पनि तत्काल कामको आगो शान्त पर्न पछि हट्दैन । कामशास्त्रद्वारा वर्जित नियम भंग गर्नु, अति मैथुन, कृत्रिम वस्तु तथा औषधिको प्रयोग, परस्त्रीमा कुदृष्टि, स्पर्श सेवन, पति–पत्नीको सहमतिविना सम्भोग आदि सबै यौनसदाचारको उल्लंघन हो । यौन मर्यादाप्रतिको निष्ठा, नियम तथा अनुशासनको पालनाले विवेक र चेतनायुक्त भई नीच र तुच्छ आनन्दको लोभ र तृष्णा त्यागेर सम्पूर्ण यौन क्रियाकलाप संयमित र नियन्त्रित बनाई स्वच्छ रुपमा उच्च यौनानन्द भोग गर्न सकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses