८ महिने आफ्नै छोरामाथि ९० पटक कैची छिराइन् एक आमाले...(फोटोसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२८ असार, काठमाडौ । दुध चुसिरहेको आफ्नै ८ महिनाको छोरालाई एउटी आमाले कति मायाले दुध चुसाउछिन्, त्यो हामी धेरैले देखेका छौ । तर, तपाईलाई विश्वास नलाग्न सक्छ चीनमा एक आमाले आफ्नो ८ महिनाको छोरोलाई ९० पटकसम्म कैचीले प्रहार गरेर घाइते बनाएर मर्नलाई छोडेकी छिन् । उनले दुध चुसिरहेको छोरोलाई कैचीले प्रहार गरेर रगताम्मे भएको छोरालाई त्यही छाडेर आफू भने कतै गएकी थिइन् ।
जिआओ बाओ नामकी ती बालकलाई चिकित्सकले करिब १ सय ठाऊँमा टाका लगाइदिएको छ । उक्त बालक उनकी आमा र उनका दुई काकाहरूसँग बस्ने गर्थे । आमाले कैचीले प्रहार गरी घाइते बनाएर छाडेर गएपछी घरमा आइपुगेका उनका एक काकाले बालकलाई रगताम्मे अवस्थाबाट उद्धार गरी अस्पताल पुर्याएका थिए । ती बालककी आमाले पछी आफूले दुध चुसाइरहेको अवस्थामा आफूले छोरामाथी प्रहार गरेको स्विकार गरेकि छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses