१२ बर्षे बालक ७ वर्षदेखि सिक्रीमा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
विराटचोक (मोरङ), जेष्ठ २७ - जुम्ल्याहामध्येका एक बालकको मानसिक सन्तुलन गुमेपछि उनलाई अभिभावककले सिक्रीले बाँधेर राख्ने गरेका छन् । मोरङको इन्द्रपुर ३, विराटचोकका तुलसीप्रसाद अधिकारी र सुष्मिताले १२ वर्षको छोरा प्रवीणलाई यसरी राख्ने गरेका हुन् ।

सात वर्षदेखि खुट्टामा सिक्री बाँधी ताला लगाएर राख्ने गरिएका बालक हेर्दा सामान्य अवस्थाका जस्तै देखिन्छन् । 'नर्सरीमा भर्ना गरेको ६ महिनापछि स्कुलले तपाईंको छोरा नपठाउनुस् भन्यो,' आमा सुष्मिताले भनिन्, 'त्यो बेलादेखि यस्तै छ । बोल्दैन । कसैलाई चिन्दैन । खोलिदिए भाग्छ । बेपत्ता हुन्छ ।' अधिकारी दम्पतीको पहिलो सन्तान जुम्ल्याहा जन्मिएका हुन् । दुई छोरामध्ये प्रवीण जेठा हुन् । 'योसँगैको प्रवेशमा खोट छैन । सामान्य छ,' बुवा तुलसीप्रसादले भने, 'हामीले उपचार लाएर पनि केही गर्न सकेनांै । त्यसैले सिक्रीले बाँधेर राखेका हौँ ।' तुलसीप्रसाद प्रहरीका भगौडा हुन् । माओवादी द्वन्द्वको समयमा उनलाई ज्यानको डर भएर नोकरी छाडेका थिए । जुम्ल्याहा छोराहरू अढाइ वर्षका भएपछि वैदेशिक रोजगारका लागि मलेसिया गए ।
त्यहाँ चार वर्ष बसेर फर्किएका उनी अहिले बेरोजगार जीवन बिताइरहेका छन् । 'एक जनाले यो छोरो हेरेर बस्नुपर्छ,' उनले भने, 'कतै जान र काम गर्न नपाएपछि घर चलाउन पनि गाह्रो भएको छ ।' काठको टाँडेघरको बरन्डामा बाँधेर राखिएका प्रवीणलाई उनले फुकाएर केहीबेर तल झारे । कडा निगरानी नभए हराउने गरेको उनले बताए ।
प्रवीण जन्मदै यस्ता होइनन् । तीन वर्षको भएपछि दुई भाइ नै नजिकैको त्रिवेणी बोर्डिङ स्कुलमा नर्सरीमा भर्ना भए । छ महिनापछि प्रवीण एक्लै हिँड्ने, टोलाउने र रूखमा चढेर बस्ने गर्न थाले । असामान्य गतिविधि देखेपछि केही साता शिक्षकहरूले विशेष निगरानीमा राखे पनि उनको अवस्था सामान्य हुन सकेन । अन्ततः स्कुलले उनलाई 'अब पढ्न नपठाउनु' भन्दै फिर्ता पठायो । एक्ली आमाले पहिले झारफुककै भरको उपचार चलाउने प्रयास गरिन् । बाबु विदेशबाट फर्किएपछि मात्रै उनलाई डाक्टरकहाँ देखाउन लगिएको हो ।
अधिकारी दम्पतीका जुम्ल्याहा सन्तानसँगै १८ महिनाकी छोरी छन् । दिगो पेसा नभएकाले उपचारका लागि टाढा पुर्याउन नसकेको गुनासो छ । 'हामीले धरान, विराटनगर, सिलीगुडीसम्म देखायौं,' तुलसी भन्छन्, 'यसको अवस्था सामान्य हुन सकेन ।' गाउँमा एउटा कार्यक्रमका लागि आएका बेला उनले एमाले नेता माधवकुमार नेपाललाई पनि छोरा देखाएर आफ्नो समस्या सुनाएको बताए । 'काठमाण्डुमा मानसिक अस्पताल छ, त्यहाँ राख्ने लैजाने व्यवस्था गरिदिन अनुरोध गरें । केही भएन,' उनले भने, 'अहिले उमेर सानै छ, राम्रो डाक्टरकहाँ पुर्याउन सके यसको सास्ती कम हुन्थ्यो कि ।' दिनभर सिक्रीमा बाँधिएर बस्ने गरेका प्रवीण कसैलाई चिन्दैनन् । एकोहोरो भएर टोलाउँछन् ।
आफूलाई बाँधेर राखिएको बरन्डाबाट सडकमा आउने जानेलाई हेरी बस्छन् । दिसा पिसाप आएको थाहा पाउँदैनन् । सिक्री खुलेर कसैको ध्यान पुगेन भने हराउँछन् । धेरैपल्ट हराउन थालेपछि उनलाई सात वर्षदेखि सिक्री लगाइराख्ने गरिएको अधिकारीले बताए ।

0 comments
Write Down Your Responses