आजदेखि बजारमा दुई थरी सिलिन्डर

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, असार १ – सरकारले शनिबारदेखि घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि निलो गरी दुईथरी ग्यास सिलिन्डर प्रयोगमा ल्याउने भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालय काठमाडौंसहित वीरगंज, झापा, नवलपरासी, चितवन, बुटवल, नेपालगञ्ज र पोखरामा औपचारिक कार्यक्रम गरी दुई रंगको सिलिन्डर वितरण गर्ने तयारी गरिएको छ ।



तत्कालका लागि दुवै सिलिण्डरको मूल्य एउटै तय भएको निगमले जनाएको छ । आवश्यक तयारीपछि घरायसी प्रयोजनमा प्रयोग हुने रातो रंगको सिलिन्डरमा अनुदान दिने र व्यवसायिक प्रयोजनको निलो रंगको सिलिन्डरको मूल्य बढाउने सरकारको नीति छ ।

ग्यास कार्ड बनाएर घरायसी प्रयोजनको लागि रातो मात्र र व्यवसायिक प्रयोजनका लागि निलो मात्र ग्यास सिलिन्डर प्रयोग गर्न निगमले आग्रह गरेको छ । बजारमा होटल, रेष्टुरेन्टले बढी ग्यासको प्रयोग गरी अभावको समयमा घरायसी उपभोक्ताले सहज ढंगले ग्यास नपाएपछि सरकारले नयाँ व्यवस्था गरेको हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses