इराकमा कार बम आक्रमण तथा गोली प्रहारमा २५ को मृत्यु ,१ सय भन्दा बढी घाइते
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२ असार, एजेन्सी । इराकमा सिया मुसलमान धार्मिक समूहमाथि गरिएको श्रृखंलाबद्ध कार बम तथा गोली आक्रमणमा आज २५ व्यक्तिको मृत्यु भएको छ करिब १ सय मानिस घाइते भएको छ ।
इराकको सिया मुसलमान बाहुल्य रहेको दक्षिणी आठ नगरमा बिहानको व्यस्त समयमा विस्फोटक पदार्थयुक्त १० कार विस्फोट गराइएको र उत्तरी नगर मोसुलमा घातक गोली हानाहान भएको देखिएको छ ।
हालसम्म यी आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन् तर त्यहाँका अधिकारीहरूले अल-कायदासँग सम्बन्धित सुन्नी लडाकू समूहले यो आक्रमण गराएको हुन सक्ने अनुमान गरेको छ ।
कारबम कुत, अजिजिया, नासिरिया, बास्रा, महमुदिया, मादाइन, ज्बेला तथा नाजाफमा भएको अधिकारीहरूले बताएका छन् ।
कुतमा सात व्यक्तिको मृत्यु भएको छ भने १५ घाइते भएका छन् । अजिजियामा पाँच व्यक्तिको मृत्यु हुनाका साथै १० घाइते भएका छन् । बास्रामा पाँच व्यक्तिको मृत्य भएको थियो । नासिरिया, माहमुदिया, नाजाफ, मादाइन तथा ज्बेलामा अन्य पाँच व्यक्तिको मृत्यु भएको थियो । आइतबार बिहानै मोसुलमा तीन प्रहरीको हत्या भएको थियो ।

0 comments
Write Down Your Responses