सेना र सशस्त्रमा सरूवा–बढुवा – मुख्यसचिव पौडेलले छाडे प्राधिकरण

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१६ चैत, काठमाण्डौ । मुख्यसचिव लीलामणि पौडेलले विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षबाट दिनुभएको राजिनामा स्वीकृत भएको छ । शुक्रबार मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बसेको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले शसस्त्र प्रहरीका ५ वरिष्ठ प्रहरी उपरीक्षकलाई नायब महानिरीक्षकमा बढुवा गरेको छ । बढुवा हुनेमा जानकी भट्टराई, सुबोध अधिकारी, खडानन्द चौधरी, नरेन्द्रकुमार सिंह र निराक्रम शाह छन् ।

सरकारले दुईजना सहायक रथीलाई उपरथीमा बढुवा गर्नुका साथै दुईजना उपरथीको सरूवा गरेको छ भने नौजना महासेनानीलाई सहायकरथी बढुवा र ६ जना सहायकरथीको सरुवा गरेको छ । यस्तै सेनाका १६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्नुका साथै केही महासेनानीको सरुवासमेत गरेको छ ।

बैठकले वन सेवाका दुईजना द्वितीय श्रेणीका अधिकृतलाई प्रथम श्रेणीमा र शिक्षा सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । साथै विविध सेवाका दुईजना द्वितीय श्रेणीका अधिकृतलाई प्रथम श्रेणीमा पदोन्नति गरेको छ । यस्तै पत्रकार विमल गौतमलाई मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

चुनावको मिति तोकिएन

शुक्रबारको क्याबिनेटले निर्वाचनको मिति भने तोक्न सकेन । उच्चस्तरीय राजनीतिक समितिको बैठकले आजै सरकारलाई चुनावको मिति तोक्न आग्रह गरेको भए पनि दलहरुको सिफारिस प्राप्त नभएको भन्दै मिति नतोकिएको स्रोतले बतायो । त्यस्तै निर्वाचन सम्बन्धी कानून संशोधनको प्रक्रिया पनि अघि नबढेको स्रोतले बतायो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses