जियालाई कुटेको र हात काटेको जियाका प्रेमीद्धारा स्विकार
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
एजेन्सी । जिया खानको आत्महत्यामा नाम जोडिएका जियाका प्रेमी सुरज पञ्चोलीले आफूसँग जियाको झगडा भएको र आफूले जियालाइ पिटेको प्रहरीसामू स्विकार गरेका छन् । ८ महिना अगाडि गोवामा जियासँग झगडा भएको र आफूले जियालाइ पिटेको स्विकार गर्दै त्यसबेला जियाले हातको नशा समेत काटेको सुरजले बयानमा बताएका छन् । नायीका जियाले आफूलाई प्रेमीले धोका दिएको बताउँदै बलात्कार र गर्भपतन समेत गराएको आरोप लगाउँदै लेखेको सुसाइड नोट प्रहरीको हातमा परेपछि प्रहरीले सुरजलाई नियन्त्रणमा लिएर बयान लिएको हो । सुरजलाई आज अदातलमा उपस्थित गराइने बताइएको छ ।

जियाका प्रेमी सुरजले आफू र जिया लिव इन (एकसाथ) रहने गरेको समेत स्विकार गरेका छन् । प्रहरीले जियालाई पिटेको आरोपमा समेत मुद्धा दर्ता गर्ने भएको छ । यस्तै, प्रहरीले एक अस्पतालबाट जियाको मेडिकल रिपोर्ट समेत फेला पारेको छ। उक्त रिपोर्टमा जियाले गर्भपतन गरेको उल्लेख छ । यो कुनै सामान्य औषधीको प्रयोगबाट नगरिएको प्रहरीको भनाई छ ।
प्रहरीले यसबारेमा जानकार चिकित्सक र जियाका साथिहरूलाई समेत प्रहरी कार्यालयमा उपस्थित हुन सुचना दिइसकेको छ । सुरजले प्रहरीमा दिएको बयान अनुसार उनीहरुको भेट सोसल नेटवर्किङ साइटमा भएको थियो । कुरा गर्ने क्रममा साथी बनेपछि उनीहरूले भेटघाट गर्न थालेको र त्यसको केहि समयपछी जिया सुरजको घरमा पनि बस्न थालेको र सुरज पनि जियाको घरमा बस्ने गरेको सुरजले बताएका छन् ।
जियाले आत्महत्याको गरेको अघिल्लो दिन जिया सुरजको घरमा बसेको समेत सुरजले खुलासा गरेका छन् ।

0 comments
Write Down Your Responses