फाइट हान्दा हिरोको हड्डी फुट्यो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
छायांकनको क्रममा रहेको चलचित्र ‘विन्दास २’ मा समावेश एक द्वन्द्वको दृश्यको छायांकनका क्रममा कलाकार सुशान्त कार्की घाइते भएका छन् । उनले घँुडामा चोट लागेको जानकारी अनलाइनखबरलाई दिएका छन् ।द्वन्द्वको दृश्य छायांकन गर्दा भूँइमा ठोकिएर सुशान्तको घुँडाको हड्डी फुटेको छ । उनलाई डाक्टरले केही दिन आराम गर्न बताएका छन् । तर अनलाइनखबरसँग सुशान्तले भने, ‘गीतको छायांकन भएकाले सुटिङ रोक्न मन लागेन, यसैले पिडा सहेर नै काम गरिरहेको छु ।’

जीवन लुइटेल, सुष्मा कार्की, अनिशा गुरुङ लगायतका कलाकारले पनि अभिनय गरेको यो चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रको एक गीतको छायांकन हाल गोदाबरीमा भइरहेको छ । मधुकुमार श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्र तिहारमा प्रदर्शनमा आउने बताइएको छ ।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।

0 comments
Write Down Your Responses