गोजी वा धोती नछामी प्रचण्डको हातबाट टीका थाप्न नपाइने

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२३ वैशाख, सर्लाही । चुनावी माहोल बन्दै जाँदा एमाओवादीमा पार्टी प्रवेश लहरजस्तै देखिएको छ । माओवादी अध्यक्ष प्रचण्ड जता जान्छन्, विभिन्न पार्टीका कार्यकर्तालाई टीका लगाएर पार्टी प्रवेश गराउन भ्याई नभ्याई नै हुन्छ । तर, प्रचण्डका हातबाट टीका लगाउन त्यति सजिलो भने छैन, एउटा जटिल सुरक्षा जाँच उत्तीर्ण गरेपछिमात्रै टीको थाप्न पाइन्छ ।



शनिबार सर्लाहीको हरिवन आएका प्रचण्ड दिनभरजस्तै कांग्रेस, एमाले र मधेसवादी दलका कार्यकर्तालाई टीका लगाएर पार्टी प्रवेश गराउन निकै व्यस्त रहे । चर्को घाममा लाइन बसेर विभिन्न दलका कार्यकर्ता र सर्वसाधारण एमाओवादीमा प्रवेश गरे । एमाओवादी नेताहरुको दाबीअनुसार हरिवनमा मात्र एमालेका पूर्वजिल्ला सचिव रहिसकेका केशव ढुंगानासहित ५ हजार नेता कार्यकर्ता एमाओवादी प्रवेश गरेका छन् । एमाओवादी प्रवेश गर्नेहरु पनि निकै खसी देखिन्थे, माओवादी सुप्रिमो प्रचण्डको हातबाट टीका लगाएर । कार्यक्रम सञ्चालक राजरिझन यादवले नाम भट्याएपछि जोसुकै लाइन बसेर प्रचण्डको हातबाट टीका लागाउन पाउँथे । ती एमाओवादीकै कार्यकर्ता किन नहुन् । तर, सर्त थियो, प्रहरी र एमाओवादी कार्यकर्ताको सुरक्षा जाँच पास हुनुपर्ने । लाममा बसेका हरेकको चेकजाँच हुन्थ्यो । यतिसम्म कि एमालेका पूर्वजिल्ला सचिव केशव ढुंगानाको पनि प्रहरी र एमाओवादी कार्यकर्ताले राम्रैसँग खल्ती छामे । सुरक्षा जाँचको दृश्य हेर्दा लाग्थ्यो, एमाओवादी प्रवेश गर्नुभन्दा सुरक्षा पास हुन पो गाह्रो रै’छ बा ! सायद, भृकुटीमण्डपको चियापान कार्यक्रममा पूर्वकार्यकर्ता पदम कुँवरले मच्चाएको बितण्डा प्रचण्ड कामरेडले अझै भुल्न सकेका छैनन् क्यारे !

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses