महिलालाई श्रीमानसँग सेक्स नगर्न र बच्चा नजन्माउन हिसिलाको अपील!

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२२ वैशाख, सर्लाही । अफ्रिकी मुलुक टोगोमा सरकारविरुद्ध आन्दोलनका क्रममा विपक्षी दलका अमेगाम्बीले महिलाहरुलाई श्रीमानसँग सेक्स नगर्न अपील गरेका थिए । नेपालमा पनि एकजना एमाओवादी नेतृले नेपाली महिलाहरुलाई त्यस्तैखालको अपिल गर्नुभएको छ ।



एकीकृत नेकपा माओवादी नेतृ हिसिला यमीले मधेसमा महिलाहरुले समान अधिकार नपाएसम्म बच्चा नजन्माउन अपील गर्नुभएको छ । सर्लाहीको हरिवनमा भएको कार्यक्रममा यमीले भन्नुभयो -’अब तपाईहरुले बच्चा नजन्माउनुस्, जब महिलाहरुलाई विशेषाधिकार दिइन्छ, त्यसपछि मात्र जन्माउनुस् ।’ कार्यक्रममा एमाओवादी प्रवेश गर्ने अधिकांश पुरुषमात्रै नदेखेपछि उहाँले खै महिला ? भन्दै असन्तुष्टिसमेत पोख्नुभयो ।

कांग्रेस, एमालेसहितका दलहरुले पहिचानसहितको संघीयताले द्वन्द्व बढ्छ, समाजिक सद्भाव खल्बलिन्छ भनेको भन्दै उहाँले भन्नुभयो -’एकजना उपाध्यक्षले त विवाह नै गर्नुभएको छैन, अरु हाम्रा नेताहरुलाई सोध्न चाहन्छु, खै तपाईहरुको श्रीमान-श्रीमतीबीच झगडा भएको छ ?’

त्यसो त जनयुद्ध कालमा पनि एमाओवादी नेतृ हिसिला यमीको सल्लाह यस्तै हुन्थ्यो । जनयुद्धताका डा. बाबुराम भट्टराई र हिसिला यमीले संयुक्तरुपमा लेखेको पुस्तकमा भट्टराईले क्रान्ति अवधिभर बिवाह नगर्न या गरिसकेको भए बच्चा नजन्माउन कार्यकर्तालाई सल्लाह दिनुभएको थियो भने हिसिलाले यौन इच्छा नियन्त्रण गर्न नसके हस्तमैथुन गर्न लडाकूहरुलाई सुझाव दिनुभएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses