एमाओवादीले बहुमत ल्याए फेरि संविधान बन्दैन : गगन थापा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
क्रान्ति शाह
२९ वैशाख, वीरगन्ज । नेपाली काँग्रेसका युवा नेता गगन थापाले लोकतान्त्रिक संविधान बनाउन नेपाली काँग्रेसलेमात्र सक्ने दाबी गर्नुभएको छ । वीरगञ्जमा नगर कार्य समितिले गरेको कार्यकर्ता भेला कार्यक्रममा नेता थापाले अबको संविधानसभा निर्वाचनमा एकीकृत नेकपा माओवादीले बहुमत ल्याए फेरि ४ बर्षसम्म संविधान नबन्ने ठोकुवा गर्नुभयो ।

माओवादी अध्यक्ष प्रचण्डले मधेशसंग लभ परेको छ भन्दै हिडनु फेरि पनि मधेशी जनतालाइ भुलभुलैयामा पार्ने षडयन्त्र भएको टिप्पणी गर्दै काँग्रेस युवा नेता थापाले रोल्पालीहरुको हुन नसकेका प्रचण्डले मधेशी जनताको लागि केहि गर्छु भन्नु दिवा सपना मात्र भएको बताउनु भयो । माओवादीले अझै पनि हतियारकै धाकधम्की देखाएर चुनाव कब्जा गर्ने षडयन्त्र गरिहरेको बताउदै थापाले तर काँग्रेसले माओवादीको त्यो सपना पुरा हुन नदिने दाबी गर्नु भयो । मधेशी जनताले भोट दिएर संविधान लेख्न पठाएका मधेशी दलका तात्कालीन सभासदहरुले मन्त्रीपद र पैसाको प्रलोभनमा पार्टी फुटाउने, पासपोर्ट बेच्ने जस्ता हर्कतहरु गरेर मधेशकै बेइज्जत गरेको उहाँले टिप्पणी गर्नु भयो ।काँग्रेस युवा नेता थापाले मधेशवादी दलहरु एकीकृत माओवादीको पिछलग्गु भएर मेधश र मधेशी जनताको भावनासंग खेलवाड गरेको पनि आरोप लगाउनु भयो ।
नेता थापाले नेपाली काँग्रेसले सम्पूर्ण जनताको मनोभावना बुझेर नेपालमा शान्ति अमनचयन र स्थायित्व कायम गर्न लागि पर्नेगरि काम गरिरहेको बताउँदै आफ्नो अधिकारको रक्षाका आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन माग गर्नुभयो ।

0 comments
Write Down Your Responses