अमेरिकी युद्धक जहाज सिङ्गापुरमा आइपुग्यो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बैशाख ६ - तटीय क्षेत्रमा युद्ध गर्ने ढाँचामा तयार गरिएको अमेरिकी एक युद्धक जहाज बिहीबार दक्षिणपूर्वी एसियाली क्षेत्रमा तैनाथ गर्न सिङ्गापुर आइपुगेको छ र यसबाट राष्ट्रपति बाराक ओबामाको एसियामा ध्यान दिने नयाँ रणनीतिलाई बल पुगेको बताइएको छ । युएसएस फ्रिडम नामक यो जहाज कोरियाली प्रायद्वीपमा तनाव बढेको तथा चीनले दक्षिण चिनियाँ जल क्षेत्रमा आफ्नो शक्ति विस्तार गरिरहेको अवस्थामा आएको हो ।



यस क्षेत्रमा केही मुलुकबीच प्रतिद्वन्द्वीपनाको रूपमा दाबी रहेको छ । अमेरिकी नौसैनिक अधिकारीहरूले यो तटीय युद्धक जहाज भएको र सिङ्गापुरको चाङगी नौसैनिक केन्द्रमा आइपुगेको बताए । यो जहाज यस क्षेत्रमा आठ महिना रहनेछ र यसले यसबीच नौसैनिक अभ्यास गर्नुका साथै अन्य बन्दरगाहको भ्रमण गर्नेछ । एजेन्सी

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses