राष्ट्रपतिले चारपटक सत्ता कब्जा गर्न खोजे : बाबुराम (सानेपाबाट शीतलनिवासमाथि गम्भीर आरोप)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

६ बैशाख, काठमाडौं । एमाओवादी उपाध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफू सरकारमा रहेका बेला राष्ट्रपति रामवरण यादवले ४ पटकसम्म सत्ता कब्जाको असफल प्रयास गरेको आरोप लगाउनुभएको छ ।



डा. भट्टराईले आफ्नै निवास सानेपामा शुक्रबार केही सम्वाददाताहरुसँग कुरा गर्ने क्रममा राष्ट्रपतिमाथि यस्तो आरोप लगाउनुभएको हो । आफू प्रधानमन्त्री हुँदा राष्ट्रपति यादवले पटक-पटक सत्ता कब्जा गर्न खोजेको बताउँदै भट्टराईले भन्नुभयो-’सरकार सचेत भएकाले उहाँको प्रयास असफल भयो ।’

राष्ट्रपति यादवले ०६९ जेठ १५ गते, साउन ७ गते, कात्तिकको पहिलो साता र मंसिरको दोस्रो हप्ता सत्ता आफ्नो हातमा लिन खोजेको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप छ । जेठ १५ गते संविधान सभा विघटन भएपछि अवैधानिक भनेर हटाउने तयारी गरेकोमा आफूले संविधानसभाको म्याद छँदै चुनावको मिति तोकेर राष्ट्रपतिको प्रयास असफल पारेको उहाँले बताउनुभयो । त्यस्तै गत मंसिर ७ मा चुनाव गर्न नसकेको भनेर आफूलाई राष्ट्रपतिले हटाउन खोजेको उहाँले बताउनुभयो । त्यसअघि कात्तिकको पहिलो साता प्रधानसेनापति गौरव शमशेर राणालाई भेटेर राष्ट्रपतिले सत्ता कब्जा गर्न सहयोग मागे पनि सेनापतिबाट सकारात्मक सहयोग नपाएको डा. भट्टराईले तर्क गर्नुभयो ।

पत्रकारसँगको भेटमा उहाँले काँग्रेस र एमालेले चुनाव नचाहेको आरोप लगाउँदै आगामी चुनावमा विकास र आर्थिक एजेन्डालाई पार्टीले जोड दिने बताउनुभयो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses