जंगली हातिको आक्रमणले एक जनाको मृत्यु , ५० हजार राहत
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
चैत १६- जंगली हात्तीको आक्रमणमा परी सप्तरीमा गएराति एक जनाले ज्यान गुमाएका छन् भने अर्का एक जना गम्भीर घाइते भएको छन्।
नजिकै रहेको कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीहरुको एक समूहले गाउँ पसी आक्रमण गर्दा सप्तरीको घोघनपुर गाविस-४ का ६१ वर्षीय बिन्देश्वर चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
आधा दर्जनको संख्यामा आएका हात्तीहरु राति करिव १२ बजे गाउँ पसेपछि स्थानीयहरुको भागाभाग भएको थियो। भागाभागकै क्रममा बाँसको झारीमा लुकेर बसेका ६१ वर्षीय चौधरीलाई बाहिर खिच्दै छातीमा खुट्टाले किच्दा उनको घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह बस्नेतले जानकारी गराए। हात्तीहरुको आक्रमण परी घाइते भएका छिमेकी गाविस पिप्रा पूर्व गाविस-१ की ३५ वर्षिया सञ्जु खङ्गको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ।
यता मृतकका आफन्तलाई सप्तरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह बस्नेतले तत्कालै ५० हजार रुपैयाँ क्रिया खर्चका लागि उपलब्ध गराएका छन्। मृतक चौधरीका आफन्त सहित त्यस क्षेत्रका बासिन्दाहरु शुक्रबार बिहानैदेखि कञ्चनपुर-फत्तेपुर सडकखण्ड अवरुद्ध गरेका थिए। उनीहरुलाई क्रिया खर्च उपलब्ध गराएपछि आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु तत्कालका लागि रोकिएको छ। मृतक परिवारलाई १० लाख क्षतिपुर्ति, घाइतेको उपचार खर्च, हात्ती आतंकबाट जोगाउन प्रशस्त सुरक्षा व्यवस्था प्रदान गर्न सहितका सहमति गरेपछि बन्द सडक सुचारु भएको स्थानीय हात्तीपीडित संघर्ष समितिका संयोजक दुर्गानन्द चौधरीले जानकारी गराए।
कोसी टप्पुबाट आउने जंगली हात्तीहरुका कारण पछिल्लो लामो समयदेखि सप्तरीको उत्तर-पूर्वी क्षेत्रका बासिन्दाहरु आतंकति रहेका छन्। कोसी टप्पु आरक्षका प्रशासनको लापरबाहीका कारण हात्तीहरुले आफू तिर धनजनको क्षति गर्दै आएको भनि त्यस क्षेत्रका वासिन्दाहरुले आरक्ष प्रति गुनासो पोख्दै आएका छन्। यता आरक्ष प्रशासन भने हात्ती आफ्नो नभई भारतको आसाम वाट आएको बताएका छन्।nagariknews.com

0 comments
Write Down Your Responses