पुरुष गुप्ताङ्ग जस्तो देखिने जीव फेला
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
क्यानडामा वैज्ञानिकहरुले पुरुष गुप्ताङ्ग जस्तो देखिने जीवको खोजी गरेका छन् । यसअघि कुनै जानकारी उपलब्ध नभएको यस जीवको नाम ‘स्पार्टो ब्रन्कस टेनुइस’ नाम राखिएको समाचार एजेन्सी बीबीसीले जनाएको छ । वैज्ञानिकहरुका अनुसार यो जीव एक किराको वंशज हो । ‘नेचर’ नामक पत्रिकामा छापिएको एक शोधमा प्राचीनकालको यो जीवको बारेमा पूरा जानकारी उल्लेख भएको जनाइएको छ । पछिल्लो दशकमा यो जीवको अवशेष क्यानडाको योहो नेशनल पार्कमा पाईदै आइएको जनाइएको छ । शोधकर्ताका अनुसार उक्त जीव पानीमा रहने गर्छ भने वैज्ञानिकहरुले यो जीवको खोजीबाट समुन्द्री जीवको विकासका सम्बन्धमा महत्वपूर्ण जानकारी हासिल हुने प्रतिक्रिया दिएको जनाइएको छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses