आमाले विष खुवाउँदा दुई वर्षीया बालिकाको मृत्यु , आठ महिने शिशु र आमाको स्थिती चिन्ताजनक
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
मोरङ,चैत १५ । आफ्नै आमाले विष खुवाउँदा दुई वर्षीया एक बालिकाको मृत्यु भएको छ भने आठ महिने शिशु र आमाको अवस्था नाजुक रहेको छ । सुनसरी नर्सिङ-४ बस्ने २० वर्षीया आमा सबनम खातुनले आफूसँगै दुई वर्षीया छोरी सकिना खातुन र आठ महिनाको छोरा हसबुललाई विष खुवाएपछि छोरी सकिनाको विहिबार उपचारका क्रममा मृत्यु भएको हो । आमा सबनमले घर कलहको झोंकमा बुधबार राति दुई नानीसँगै आफूले पनि विष सेवन गरेकी थिइन् । विष सेवनबाट गम्भीर घाइते आमा र दुई नाबालकलाई उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses