अञ्जुलाई पछी पार्दै नयाँ-नयाँ गायिकाहरु

भिडियो हेर्न तल क्लिक गर्नुहोस

भनिन्छ, मिहिनेत गरे सबैको पालो एकपटक आउछ । केही समय अघि सम्म नेपाली सुगम संगीत देखि पाश्र्व गायनमा एकलौटी राज गरिरहेकी गायिका अञ्जु पन्त पछि पर्दै गएको विश्लेषण गर्न थालिएको छ ।



संगीतकार तथा सिनेमा निर्माण गर्नेहरु अञ्जुको विकल्पमा अन्य गायिकाहरुलाई भित्राउन थालेका छन् । सेन्टिमेन्टल देखि रोमान्टिक गीतमा एकछत्र राज गरेकी अञ्जुको विकल्पमा रजिना रिमाल, मिलन अमात्य, प्रविशा अधिकारी अगाडी आएको संगीतकारहरुको भनाई छ ।

हुनत सीआरबीटी डाउनलोडमा अञ्जुले गाएको गीतलाई उछिन्न अहिलेसम्म कुनै पनि गीतले सकेका छैनन् । तर पछिल्लो केही महिनाको रेकर्डलाई हेर्ने हो भने अञ्जु पन्त सीआरबीटीमा पनि पछि परेकी छिन् । गायिका रजिना रिमालले गाएको चलचित्र ‘रिदम’ को ‘पागल म बन्न सक्छु’ बोलको गीत २१ हजार पटक सीआरबीटीमा डाउनलोड भएको छ । यस्तै गायिका अञ्जु पन्तले गाएको ‘तिमीलाई सन्चो’ बोलको गीत १३ हजार पटक डाउनलोड भएको छ । सिनेमा देखि सुगम संगीतमा समेत अञ्जुको स्वर विरलै सुन्न थालिएको छ ।



पछिल्लो समय रजिना पछि गायिका मिलन अमात्यको स्वर सिनेमामा बिक्न थालेको देखिन्छ । मिलनले आवाज भरेको चलचित्र ‘नोटबुक’ को ‘गाला रात्तै’ र ‘मायाको भूलभूलैया’ बोलको गीत सर्वाधिक चर्चामा छन् । यस्तै यो भिडमा गायिका प्रविशा अधिकारी, दुर्गा खरेल, माण्डवी त्रिपाठी पनि देखिएका छन् ।

पति मनोजराजसँग डिभोर्स भएपछि अञ्जुको करिअर ओरालो लागेको हो । सिनेमा नगरीका चर्चित संगीतकारहरु अञ्जुको विकल्पमा नयाँ गायिका आएको स्विकार गर्छन् । अञ्जुसँग धेरैजसो संगीतकारहरुको सम्बन्ध चिसिएको छ । अञ्जु र संगीतकार वसन्त सापकोटाको सम्बन्ध विगि्रएको लामै समय भैसकेको छ । अञ्जुलाई धेरै मौका दिने संगीतकार सुरेश अधिकारीको हातमा अहिले खासै सिनेमा छैनन् ।

अञ्जुसँग पछिल्लो समय काम गर्न गाह्रो भएको एक संगीतकारले नाम नबताउने शर्तमा भने । उनले भने, ‘पारिश्रमिक चर्को लिने, भनेको समयमा नआउने, आडम्बर देखाउने बानीले गर्दा अञ्जु विस्थापित हुँदै गएकी हुन् ।’

अहिले संचारमाध्यममा रजिना रिमाल, माण्डवी त्रिपाठी, मिलन अमात्य लगायतका गायिकाको आवाज रुचाउन थालिएको देखिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses