फेसबुक ब्वाईफेन्डले बिहे गर्न नमानेपछि…..

भिडियो हेर्न तल क्लिक गर्नुहोस

भारत, २१ कात्तिक । भारतको बेंलोरमा एक १४ वर्षकी किशोरीले आत्महत्या गरेकी छिन् । फेसबुक ब्वाईफेन्डले उनलाई बिवाहका लागि अस्विकार गरेको भन्दै उनले आत्महत्या गरेकी हुन् । यस घटनामा प्रहरीले उनको फेसबुक ब्वाईफेन्डलाई पक्राउ गरेको छ ।



के हो पुरै घटना

शिखा नाम गरेको १४ वर्षकी किशोरीले गत सेप्टेम्बरमा आफ्नै उमेरको केटासँग फेसबुकमा कुरा गर्न थालेकी थिईन । केटाको नाम मनोज थियो । मनोज बी कम दोस्रो बर्षमा अध्ययन गर्ने केटा हुन् । यीनीहरुबीच लामो समय सम्म फेसबुकमा कुराकानी हुन्थ्यो ।

हलिउड स्टारजस्तै चलाउन सक्छु मोटरसाइकल

मनोजले शिखालाई ठुलो ठुलो कुरा गर्दे जालमा फसाएको थियो । उसले शिखालाई भनेको थियो म फर्मुला वन रेसर जस्तै कार चलाउन सक्छु अनि हलिउड स्टार जस्तै मोटरसाइकल चलाउन सक्छु । जब यी दुई जनाको भेट भयो मजोजले शिखालाई यौन सम्पर्कको प्रस्ताव गरयो ।

बिवाहको कुरापछि मजोज टाढिदै गयो

शिखाले जव मनोजलाइ बिवाहको कुरा गरीन, मजोजले यसलाई हासोमा उडायो । मनोजले विवाहका लागि आफु सिरियस नभएको बताएको थियो ।

शिखालाई लाग्यो चोट अनि रोजिन आत्महत्या

मनोजले यस्तो बताएपछि उनी दुखित भइन् । र आफनै जिन्दगी अन्त्य गर्ने सोचमा पुगिन । शिखाले आमाबाबु काममा गएको बेला आत्महत्या गरीन् । कामबाट फर्केर आउदा शिखा घाँटीमा पासो लगाई झुण्डिरहेकी थिइन । मनोजलाई बलात्कार र आत्महत्या गर्नका लागि उक्साएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses