२१ जनाले सामूहिक रूपमा लगाए आफैलाई आगो...(भिडियोसहित) |
भिडियो हेर्न तल क्लिक गर्नुहोस
एजेन्सी । मानिसले आफ्नो शरिरमा आगो लगाएर आत्मदाह गरेको त हामीले सुनेका र कतिले त देखेका पनि छौ । तर, एकैपटक २१ जनाले आफ्नो शरिरमा आगो लगाएको भने न कहिल्यै देखेका थियौ न त सुनेका नै
अमेरिकी राज्य ओहायोमा एकैपटक २१ जना मानिसले आफ्नो शरिरमा आगो लगाएर विश्व रेकर्ड कायम गरेका छन् । एक च्यारिटीका लागी भन्दै २१ जनाले करिब ३२ सेकेण्डसम्म आफ्नो शरिरमा आगो लगाएका थिए । उनीहरुले च्यारिटीका लागी गरेको उक्त कार्य गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत समावेश भएको छ ।
उक्त च्यारिटीको कार्यक्रमलाई स्टन्टम्यान टेड बाटचेलरले संयोजन गरेका थिए । उनले २१ जनालाई चाग्रिन फल्समा जम्मा पारेर उक्त कार्यक्रमको आयोजना गरेका हुन् । आफ्नो शरिरमा आगो लगाउन तयार भएका सबै २१ जनाको शरिरमा आगोबाट बचाउनका लागि जेल लगाइएको थियो ।
२१ जनाले शरिरमा ३२ सेकेण्डसम्म आगो लगाएको दृश्य हेर्नका लागि त्यहाँ करिब १५ सय मानिसहरू उपस्थित भएका थिए ।
सबै २१ जनाले आगो लगाएपछी करिब ३२ सेकेन्डसम्म त्यतिकै छाडिएको थियो ताकी सबैको पुरै शरिरमा आगो लागोस्, त्यसपश्चात सबैको शरिरमा लागेको आगो निभाईएको थियो । अग्नी नियन्त्रक ग्याँस तथा अन्य विकल्पको प्रयोग गरेर शरिरमा लागेको आगो निभाईएको थियो ।
0 comments
Write Down Your Responses