भारतले नेपाली सेनालाई पठायो हतियार र गाडी

भिडियो हेर्न तल क्लिक गर्नुहोस

६ कात्तिक, काठमाण्डौं । भारत सरकारले यसै साता नेपाली सेनाका लागि हतियार, गोलीगठ्ठा र तीन सय ७० थान विभिन्न मोडलका सवारीसाधन हस्तानतरण गर्ने भएको छ। भारतले नेपालका लागि ६० प्रतिशत उसकै अनुदान र नेपालले ४० प्रतिशत रकम बेहोर्ने सम्झौता भइसकेको छ । नेपाल सरकारले सम्झौता अनुसार १ करोड ११ लाख ३२ हजार तीन सय थान गोली गठ्ठा २४ हजार १ सय ६६ थान हातहतियार तत्कालका लागि उपलब्ध गराउनुपर्ने प्रस्ताव २०६९ चैत २६ गते गरेको थियो ।

त्यसमध्ये ५० हजार भन्दा बढी गोलीगठ्ठा अहिलेको खेपमा आउँदैछन् । यसबाहेक प्रस्ताव बमोजिमकै सात हजार भन्दा बढी इन्सास सिरिजका हतियार पनि आउँदैछन्, जसमा इन्सास लङ मेसिनगन (एलएमजी) र ९ एमएम अटोमेटिक पेस्तोल छन् । भारतबाट प्राप्त हतियारको सूचीमा केही विस्फोटक पदार्थ पनि रहेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । रक्षामन्त्रालय उच्च स्रोतका अनुसार भारतीय सेनामार्फत आउने गाडी र हतियार वीरगन्जस्थित नेपाल-भारत सीमा क्षेत्रमा नेपाली सेनालाई हस्तान्तरण गरिनेछ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses