National News
»
सुतीरहेकी १४ बर्षिया किशोरीलाई झ्यालबाट छिरेर बलात्कार
सुतीरहेकी १४ बर्षिया किशोरीलाई झ्यालबाट छिरेर बलात्कार
बसभित्र युवती बलात्कार भएको समाचार सेलाउन नपाउँदै बाँकेमा मंगलबार आफ्नै घरमा सुतिरहेकी १४ बर्षिय किशोरी बलात्कृत भएकी छिन । घरमै सुतिरहेकी किशोरी बलात्कार गर्ने मध्येका एकजनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।बलात्कारमा संलग्न बाँके, बसुदेवपुरका २२ वर्षीय सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त श्रेष्ठ आज विहान किशोरीको घरको झ्यालबाट छिरेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।यता, नेपालगञ्ज बसपार्कमा चार दिनअघि युवतीलाई बसभित्रै सामूहिक बलात्कार गर्ने २ अभियुक्तलाई आज बाँके प्रहरीले सार्वजनिक गरेको छ । गत फाल्गुन २४ गते नेपाल बन्दको दिन घर जान यातायातको साधन खोज्दै नेपालगन्ज बसपार्क पुगेकी धनगढीकी २५ बर्षीया युवती बलात्कारको शिकार भएकी थिइन् ।बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले सुर्खेत मालारानी ९ का २२ वर्षीय रुपलाल डि।सी र बाँके खासकुसुमका १८ वर्षीय तिलक आचार्यलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।बलात्कारमा सहयोग गरेका अर्का एक अझै सम्म फरार छन ।
0 comments
Write Down Your Responses