युवकको मृत्यु, सुधार केन्द्रका कर्मचारीको कुटपीटबाट भन्दै तनाव (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बुटवल, मंसिर । रुपन्देहीको देवदहमा रहेको फेलोसिप फाउन्डेसन लागूऔषध सुधार केन्द्रका कर्मचारीको कुटपीटबाट युवकको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज ईलाका प्रहरी कार्यलय घेराउ गरेका छन् ।



हिजो दिउँसो शरीरमा नीलडामसहित बेहोस अवस्थामा देवदह मेडिकल कलेजमा पु¥याइएका करहीया–८ का २३ वर्षे एकराज शर्मा पौडेलको अस्पतालले तत्काल मृतक घोषणा गरेको थियो । केन्द्रका कर्मचारीले भने कक्षा लिने क्रममा बेहोस भएकाले शर्मालाई अस्पतालमा भर्ना गरिएको दावी गरेको छ । सुधार केन्द्रका कर्मचारीको कुटपीटबाट छोराको मृत्यु भएको भन्दै बाबु थानेश्वर पौडेलले कर्मचारी सन्दीप श्रेष्ठ, विशाल क्षेत्री, अमृत अर्याल लगायतका ५ जनालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छन् । किटानी उजुरी दिइएकाहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले बताएको ।

source : imagechannels

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses