अपडेटः स्याङ्जामा प्रहरीको गोली लागि २ को मृत्यु

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१२ कात्तिक, स्याङ्जा । स्याङ्जाको चापाकोट-२ मा प्रहरीले चलाएको गोली लागेर दुईको मृत्यु भएको छ । प्रहरी चौकी घेराउ गर्न पुगेका स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागी चापाकोट ६ का सूर्य आले र चापाकोट ३ का १८ वर्षीय कृष्ण भट्टराईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष तामाङले पनि प्रहरीले चलाएको गोली लागि दुईको मृत्यु भएको पुष्टि गर्नु भएको छ । कृष्ण भट्टराई गम्भीर घाइते हुनु भएको छ ।



झडपका क्रममा प्रहरी निरीक्षक कृष्ण थापासहितका ५ प्रहरी समेत घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र प्रहरी प्रमुखसहितको टोली जाँदैछ ।

असोज २७ गते झुण्डिएको अवस्थामा भेटिएकी माया विकले आत्महत्या गरेको रिपोर्ट प्रहरीले तयार पारेपछि स्थानीय आमा समूह र स्थानीय प्रहरी चौकी घेराउ गर्न गएका थिए । स्थानीयले प्रहरी चौकीमा ढुंगा हानेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रृग्यास प्रहार गरेको छ । अहिले अवस्था तनावपूर्ण रहेको बताइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses