बहुबिवाह गर्ने उद्योगपति कारागारमा ,कान्छी पत्निलाई पनि कैद
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काभ्रे, जेष्ठ ३० - बहुबिवाह मुद्दामा अदालतले सजाय तोकेका जिल्लाकै एक उद्योगपतिलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले बहुबिवाह मुद्दामा २ बर्ष ११ महिना १५ दिन कैद सजाय तोकेका बनेपा १० का गोपाल कृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरी तोकिएको सजाय कैद भुक्तान गर्न कारागार पठाएको हो । श्रेष्ठ जिल्लाकै ठूला उद्योगपति भित्र पर्दछन् । उनले राधाकृष्ण बिस्कुट, पूणिर्मा सलाई, चकलेट लगायतका उद्योगहरु संचालन गरिरहेका थिए ।

अदालतले बहुबिवाह मुद्दामै सजाय तोकेको श्रेष्ठकी कान्छी पत्नि अम्बिका श्रेष्ठ केसीलाई पनि तोकिएको सजाय कैद भुक्तान गर्न कारागार पठाएको छ । जिल्ला अदालतले उनलाई १ बर्ष ११ महिना १५ दिन कैद सजाय तोकेको छ ।
'सजाय तोके पनि फरार रहेका उनीहरु दुवैलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि अदालत पठाएका थियौं' जिल्ला प्रहरी प्रमुख एसपी कमल घर्तीले भने, 'अदालतले फैसला कार्यान्वयनकालागि कारागार पठाएको छ ।'
श्रेष्ठका जेठी पत्नि रम्भादेवि श्रेष्ठले पतिले बहुबिवाह गरेको भन्दै कारबाहीकालागि प्रहरीमा उजुरी दर्ता गराएकी थिईन् । प्रहरीले उजुरीपछि घटनाको छानबिन गरेर सरकारी वकिल कार्यालय मार्फत बहुबिवाह मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो । जिल्ला अदालतले श्रेष्ठ र उनकी कान्छी पत्निलाई २०६८ वैशाख ५ गते कैद सजाय तोकेको थियो ।

0 comments
Write Down Your Responses