डिएनए परीक्षण गर्दा बेलायती राजकुमारको जीन मिल्यो नेपालीसँग

भिडियो हेर्न तल क्लिक गर्नुहोस

लन्डन – बेलायती राजकुमार विलियम पूर्खा भारतीय उप महाद्वीपका बासिन्दा भएको खुलेको छ। बेलायती सञ्चार माध्यमहरुले बेलायती राजसंस्थाका दोस्रो क्रमका उत्तराधिकारी विलियम भारतीय उप महाद्वीप मूल बासिन्दाको रक्त सम्बन्ध भएको पहिलो बेलायती राजा हुने जनाएका छन्।



राजकुमार विलियमकी आमा डायनाको टाढाको एक नाताका एक व्यक्तिको थुकका डिएनए परीक्षण गर्दा यस्तो रहस्य खुलेको हो। विलियमको डिएनएसँग १३ भारतीय र एक नेपालीसँग मिलेको डेली मेलले जनाएको छ। आमाबाट सन्तानमा सर्ने जिनको अध्ययनबाट गर्दा यस्तो भेटिएको हो। विलियमकी आमा प्रिसेन्स अफ वेल्स डायनाको सात पुस्ता अघिकी एलिजा केवार्कको वंशानुगत सम्बन्ध भारतीय उप महाद्वीप जाति हुनसक्ने विश्वास व्यक्त गरेका छन्।

केवार्क यसअघि अर्मेनियाली मूलकी भएको ठानिएको थियो। डिएनए परीक्षणबाट संलग्न हुने वैज्ञानिकहरुले राजकुमार विलियम र उनका भाइ ह्यारीबाट भने त्यो जिन सन्तानमा पर्ने छैन। नागरिक न्यूज बाट साभार गरिएको।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses