दैनिक मानिसको दुई लिटर रगत पिउछिन यि अमेरिकी महिला
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
न्यूर्योक, (एजेन्सी) अमेरिकाको पेन्सिलिभेनियाकी एक महिला पछिल्लो ३० वर्षयता दैनिक मानिसको करिब दुई लिटर रगत पिउँदै आएकी छिन् ।

जुलिया क्यापलेस नाम गरेकी ४५ वर्षीया ती महिलाको यो रगत पिउने बानी भने अहिले इन्टरनेटमा चर्चामा छ । जुलियाले दैनिक मानिसको रगत पिउनाले आफूले आफूलाई स्वस्थ्य र स्फूर्त भएको महशुस गर्ने गरेको बताउने गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुई बच्चाकी आमा जुलियाले दैनिक मानिसको रगत पिउनाले आफ्नो शरीरमा तागत थपिने गरेको समेत प्रतिक्रिया दिएकी छिन् । ती महिलाले आफ्नो सुन्दरताको रहस्य पनि दैनिक दुई लिटरका दरले पिएको मानिसको रगत नै भएको बताएकी छिन् । जुलियाका अनुसार रगत पिउन थालेदेखि पछिल्लो ३० वर्षयता उनलाई कुनै शारीरिक तनाव भएको छैन भने उनी विरामी समेत परेकी छैन । उनका २४ वर्षीया एक छोरी र ९ वर्षीय एक छोरा छन् ।
जुलियाको दैनिक मानिसको रगत पिउने बन्दोबस्त उनकै घरमा हुने गर्छ ।
उनका घरमा आउने पाहुनाको राजीखुशीमै उनले पाहुनाको गर्धनमा छेदन गरेर रगत चुस्ने गर्छिन् । जुलियाले रगत पिउने बानीलाई पूरा गर्न रक्तदाताको मद्दत समेत लिन्छिन् । जो व्यक्ति रक्तदान गर्न इच्छुक हुन्छन्, उनीहरु जुलियाकोमा पुगेर खुशी–खुशी आफ्नो रगत ‘दान’ गरेर जान्छन् । त्यतिमात्रै होइन, रक्तदाताहरुले जुलियासँगको उक्त क्षणको फोटो समेत खिच्छन् र सामाजिक सञ्चालहरुमा सेयर समेत गर्छन् । कहिले काँही जुलिया ‘ब्लडस्टोर’बाट रगत खरिद गरेर समेत पिउने गर्छिन् ।
१५ वर्षकै उमेरमा रगत पिउन थालेकी जुलियाले सुरु–सुरुमा कहिले–काँही मात्रै मानिसको रगत पिउने गर्थिन् । तर, आफ्नो पूर्व पति डोनाल्ड लैजोरोभिक्जलाई भेटेपछि भने उनले दैनिक मानिसको रगत पिउन थालेकी हुन् । जुलिया डोनाल्डका साथमा स्थानीय क्लबमा जान्थिन् र यिनीहरु दुईले एकअर्काका रगत पिउँथे । यिनीहरुले वर्ष सन् २००० मा विवाह गरेका थिए । विवाहमा पनि यिनीहरुले एकअर्काका रगत पिएका थिए ।
तर, डोनाल्डले छोरा ९एलेक्स०को जन्म भएपछि रगत पिउन छाडे भने जुलियाले यस बानीलाई निरन्तरता दिईन् । जुलियाले जोसुकै व्यक्तिको रगत पिउनुअघि पहिला ती व्यक्तिको रक्त परीक्षण गराउने गरेकी जनाइएको छ ।
अर्कोतर्फ अमेरिकाका रक्त विशेषज्ञ स्टीभन ग्रुएनस्टिनले भने विश्वका कयौं संस्कृतिमा सदियौंदेखि मानिसको रगत पिउने परम्परा चलिआएको प्रतिक्रिया दिएको जनाइएको छ । विशेषज्ञ स्टीभनले रगत पिउनाले कस्तो असर गर्छ भन्ने कुरा हरेक मानिसको शरीर अनुसार फरक–फरक हुने बताएका छन् । उनले रगतमा नून, प्रोटिन लगायतका तत्व हुने जनाएका छन् । विशेषज्ञले केही व्यक्ति आफ्नो रगतमा भएको केही तत्वको कमीका कारणले रगत पिउन आकर्षित हुन सक्छन् भन्ने प्रतिक्रिया समेत व्यक्त गरेका छन् ।
उनले रगतमा एचआईभी, हेपाटाईटिस जस्ता कयौं जीवाणु हुन सक्ने भन्दै जिउँदो मानिसको रगत पिउनाले ती जीवाणु शरीरमा सर्न सक्ने प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ तर, उनले कोही–कसैलाई पनि रगत पिउने सल्लाह दिन नसकिने बताएका छन् ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

0 comments
Write Down Your Responses