‘हिसिला’ भइन् दासी (तस्वीरसहित)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२० वैशाख, काठमाडौं । कलाकार भएपछि एउटै भूमिका गर्छु भन्न कहाँ पाइन्छ र ? कलाकारले कहिले हाकिम पनि हुनुपर्छ, कहिले नोकर । कहिले असल मान्छे बन्नुपर्छ, कहिले जोकर । अनि कहिले शासक बन्नुपर्छ त कहिले शासित । आखिर, हेयरड्रेसर विपना बस्नेत यस्तै कलाकारको कोटीमा परेकी छन् । तीतो सत्यमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइकी पत्नी हिसिला यमीको दुरुस्त भूमिकामा देखिएर चर्चा बटुलेकी बस्नेत अब चन्द्रसमशेरका पालाकी दासी बनेर नेपाली सिनेमाको पर्दामा आउँदैछिन् ।
हेयर ड्रेसर भएर काम गर्नेक्रममा पर्दा पछाडि रमाएकी बस्नेत एकाएक सेलिब्रेटी भएकी छन् । विपनाको पछिल्लो परिचय हिसिला यमीको भुमिकाले बनाए पनि उनले यसअघि नै एक सिनेमामा काम गरिसकेकी रहिछन् । प्रदर्शनको क्रममा रहेको कृष्ण धराबासीको कथामा आधारित चलचित्र ‘झोला’मा दासीको भुमिकामा खेलेपछि मात्रै उनले हिसिला बन्ने मौका पाएकी रहिछन् ।
झोलामा १ सय बर्ष पुरानो नेपालको दास प्रथालाई उठान गरिएको छ, जहाँ विपना छोटो तर महत्वपुर्ण भुमिकामा छन्, झोलाका निर्देशक यादव भट्टराईले अनलाइनखबरसँग भने-उक्त समयमा दासीहरु जस्तोसुकै चरम यातना पाउँदा पनि बोल्दैनथे ।’ विपनाको भूमिका बारे भट्टराईले भने- ‘यो चलचित्रमा उहाँको कुनै पनि संवाद छैन ।’
झोलामा विपनालाई दासीको भूमिकामा सुरुवातमै ‘अफर’ गरिएको चाहिँ होइन । झोला सिनेमाका लागि हेयर ड्रेसरका रुपमा विपना छायांकनस्थलमा पुगेकी थिइन् । तर छायांकनस्थलमा नै उनलाई निर्देशक भट्टराईले अभिनय गर्न प्रस्ताव गरे । झोलामा अभिनय गरेपछि बल्ल उनलाई तीतो सत्य युनिटले हिसिला बन्न अफर गरेको हो । तर, सिरियल झोला भन्दा पहिल्यै दर्शकमाझ आएकाले उनको परिचय ‘हिसिला यमी’का रुपमा बनेको यादव बताउँछन् ।
लामो समयसम्म हेयर ड्रेसरको रुपमा काम गर्दा पर्दा पछाडि नै हराएकी विपनालाई दर्शकले हिसिला यमीको भुमिकामा रुचाएका छन् । झोला प्रदर्शनमा आएपछि उनलाई दासीको भुमिकामा पनि रुचाउने विश्वास निर्माण पक्षको छ ।
source:onlinekhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses