बेनेजीर भुट्टोका कानूनी सल्लाहकारको गोली हानी हत्या !!
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२० वैशाख, इस्लामावाद । पाकिस्तानमा शुक्रबार एकजना सरकारी वकिलको गोलीहानी हत्या गरिएको समाचार छ ।पाकिस्तानको रावलपिण्डीमा रहेको आतङ्कवाद विरोधी अदालतमा शुक्रबारका लागि तोकिएको सुनुवाईका लागि अदालततर्फ गइरहेका बेला उहाँको हत्या भएको हो ।उहाँ हालैमात्र चर्चामा आएको पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको हत्या प्रकरणको मुद्दामा सरकारका तर्फबाट वकालत गरिरहनुभएका एकजना वकिल हुनुहुन्थ्यो । आज बिहान कार्यालय समयमा अदालततर्फ गइरहेका उहाँलाई आफू चढेको कारमा आक्रमण गरिएको थियो । अकस्मात गोली प्रहार गरेपछि नियन्त्रण गुमाएका उहाँलाई निकै पटक गोली हानेर हत्या गरिएको बताइएको छ ।
चौधरी जुल्पिmकर नामका उहाँलाई यस अघिदेखि नै हत्याको योजना बनाइएको खुल्न आएको छ । तरपनि सो हत्या कसले गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन । उहाँलाई यसअघि पनि मार्ने धम्की आएको थियो । त्यसपछि उहाँलाई सरकारले सुरक्षाकर्मी उपलब्ध गराएको थियो । आजको सो गोली आक्रमणमा परी उहाँका अङ्गरक्षक पनि घाइते भएका छन् ।रावलपिण्डीका एकजना प्रहरी अधिकारी मोहम्मद युशुफले उहाँको हत्याको पुष्टि गर्नुभएको छ । प्रत्यक्षदर्शीलाई उद्धृतगर्दै उहाँले बताएअनुसार पहिलो गोली लागेपछि उहाँले कारलाई नियन्त्रणमा लिएर अस्पताल जाने प्रयास गरेको र त्यसपछि पुनः अर्काे गोली हानिएको थियो ।
यसरी अनिन्त्रित बनेको कारले लागेर बाटोमा हिँडीरहेकी एकजना सर्वसाधारण बटुवा महिलाको पनि ज्यान गएको बताइएको छ । तर सो हत्याका बारेमा भने अहिलेसम्म पनि कसैले जिम्मेवारी लिएको छैन । उक्त हत्याको योजनाका बारेमा प्रहरीले केही तथ्य भेटिसकेको छैन । तर हालैमात्र पाकिस्तानका पूर्व सैनिक शासक एवम् पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई सरकारले भुट्टोको हत्यामा उहाँको हात रहेको भनी आरोप लाएको छ । सो घटनापछि उहाँ थुनामा नै रही आउनुभएको छ । सो घटनापछि नै यसै मुद्दाका हेरिरहेका सरकारी वकिलको हत्या भएको छ ।
त्यसैले यस घटनालाई पाकिस्तानमा हालैमात्र विकसित राजनीतिक घटनाका साथै व्यक्तिगत दुस्मनीका रुपमा पनि लिन सकिन्छ- पाकिस्तानका सञ्चारमाध्यमहरुले बताएका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको सन् २००७ मा हत्या भएको थियो । आम निर्वाचनको प्रचारमा लागिरहेका बेला उहाँको हत्या गरिएको थियो । सो हत्यामा पूर्व सैनिक शासक मुसर्रफको हात रहेको आरोप लगाइएको छ । सो हत्याको समयमा मुसर्रफ पाकिस्तानको राष्ट्रपति हुनुहुन्थ्यो । तर यस अघिदेखि नै उहाँले उक्त हत्याको आरोप भने अस्वीकार गर्दैआउनुभएको छ ।पूर्व प्रधानमन्त्री भुट्टोको हत्यामा मुसर्रफले षड्यन्त्र गरेको आरोप पाकिस्तानका अधिकारीहरुले लगाएका छन् । उहाँलाई सयौँ सैनिक तथा अर्ध सैन्यको घेराभित्र राखिएको छ । हाल उहाँ थुनामा हुनुहुन्छ । रासस/एएफपी

0 comments
Write Down Your Responses