National News
»
मतदाता नामावली संकलन फारम नेकपा-माओवादीका कार्यकर्ताले लुटे
मतदाता नामावली संकलन फारम नेकपा-माओवादीका कार्यकर्ताले लुटे
चितवन, चैत १५ - नेकपा माओवादीका कार्यकर्ताले चितवनको कविलास गाविसको जुगेडीमा मतदाता नामावली संकलनका लागि पुगेको टोलीले प्रयोग गर्ने फारम खोसेर लगेका छन् । तीनदल र मधेशी मोर्चाबीच भएको सहमति खारेज हुनु पर्ने, खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद विघटन गरी राजनीतिक नेतृत्वमा सरकार गठन गर्नु पर्ने र संविधानमा गरिएको संसोधन खारेज हुनु पर्ने माग गर्दै उनीहरुले मतदाता नामावली संकलन तथा अद्यँवधिक गर्ने काममा अवरोध गरेका हुन् । नेकपा माओवादी चितवन क्षेत्र नं ३ का ईन्चार्ज नारायण शर्मा विपिनले ५०/६० जनाको संख्यामा रहेका पार्टीका कार्यकर्ताले नामावली संकलनका लागि प्रयोग गरिने फारम लगेको जानकारी दिनुभयो । कविलासमा मतदाताको नामावली संकलन कार्य विहीवारदेखि सुरु भएको थियो । तर लुटपाट भएको ठाउँमा मतदाताको नामावली संकलनका लागि नयाँ फारम लगेर विहीवारदेखि नै पुन काम थालिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
0 comments
Write Down Your Responses