‘को भर्जिन’ भन्दै खेलाएपछि शिक्षिकामाथि प्रतिबन्ध

भिडियो हेर्न तल क्लिक गर्नुहोस

आफ्नो १७ वर्षीय विद्यार्थीलाई सेक्स प्रस्ताव राख्नुका साथै विद्यार्थीहरुसँग ‘को भर्जिन’ भन्ने खेल खेलेपछि एक नाटक शिक्षकमाथि प्रतिवन्ध लागेको छ । २८ वर्षीया लिड्से ब्याक रोमन क्याथोकिल स्कुलमा नाटक शिक्षक थिइन् । उनले एक १७ वर्षीय विद्यार्थीलाई सेक्सका लागि प्रस्ताव राख्दै इमेल, एसएमएस पठाउनुका साथै फेसबुक म्यासेजसमेत गरेकी थिइन् ।



सोही विद्यालयका अग्रेजी शिक्षकले लिड्सेबारेमा अन्य विद्यार्थीहरुले कुराकानी गरेको सुनेपछि उनको कालोकर्तुत सार्वजनिक भएको थियो । उनले १७ वर्षीय विद्यार्थीलाई सेक्स प्रस्ताव राख्दै उनीसँग सम्बन्ध राख्नु आफ्नो सपना भएको बताएकी थिइन् । त्यतिमात्र होइन, उनले नाकटको नाम दिएर ६ विद्यार्थीसँग ‘हु इज भर्जिन’ नामको खेल खेलेकी थिइन् ।

यस्तै ‘आई ह्याभ नेभर’ नाममा विद्यार्थीहरुलाई कहिल्यै सेक्स एक्ट गरेको छ भनेर सोधेकी थिइन् । विद्यार्थीहरुका अनुसार लिड्सेले अधिकांश समय ड्रामा क्लसमा सेक्सको मात्र कुरा गर्थिन । उनको कारतुत सार्वजनिक भएपछि लिड्सेलाई अध्यापनमा रोक लगाइएको छ भने प्रहरीले अनुसन्धान थालेको छ ।

नाटक शिक्षिकाले भने बिद्यार्थीलाई अभिनयका बेला पात्रमा लिन बनाउन यस्तो कुरा गरेको दावी गरेकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses