बाँकेमा आफै श्रीमतिको हत्या गरेको आरोप
बाँक, १३ कात्तिक । बाँके जिल्ला नौवस्ता गाविस—७ की २५ वर्षीया सीता शाहीको उनका पतिले हत्या गरेको आरोप लगाइएको छ । नेपालगञ्जस्थित भेरी अञ्चल प्रहरी कार्यालयमा कार्यरत २९ वर्षीय प्रहरी जवान जयकृष्ण गुरुङसँग प्रेम विवाह गरेकी सीताको गत असोज ३० गते मृत्यु भएको थियो । कान्छी श्रीमतीका रुपमा भित्र्याएका गुरुङले विवाहपछि सीतासँग घर बनाउन जग्गा किन्नुप-यो भनेर माइतीबाट रकम ल्याउन दबाब दिँदै गरेको सीताका पिता जयबहादुर शाहीले बताउनुभयो ।
आफू कार्यरत प्रहरी कार्यालय नजिकै एक घरमा डेरा लिएर बस्दै आएकोमा एक्कासि आप्mनी छोरीको मृत्यु भएको खबर आएको र छोरीको नाक, कानबाट रगत बगिरहेकोले उनको हत्या नै भएको उहाँको बुझाइ छ । यता जिल्ला प्रहरी कार्यालयले आरोपी प्रहरी जवान गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले बताउनुभयो ।
0 comments
Write Down Your Responses