संगीतकार महेश खड्काले मिनाक्षीसँग गरे दोश्रो बिहे

भिडियो हेर्न तल क्लिक गर्नुहोस

‘मैले माया गरेको मान्छेलाई अरुले नगर्न पनि सक्छ, उसँग अरु कसैले बिहे गर्ने आँट गर्छ जस्तो लाग्दैन मलाई’ । केही समय अघि अनलाइनखबरसँगको एक भेटमा भिडियो निर्देशक मिनाक्षी कोइरालाले दिएको अभिव्यक्ती हो यो । उनले यसो भनिरहदा माया गरेको मानिसको नाम भने खुलाउन चाहेकी थिइनन् ।



उनै मिनाक्षीले माया गरेको मानिस थिए, संगीतकार महेश खड्का । महेश खड्का र मिनाक्षी कोइराला बिचको प्रेम ५ बर्ष भन्दा लामो हो । उनीहरुले यसै बर्षको विजयादशमीको टिकाको दिनमा आफ्नो प्रेमलाई बिहेमा परिणत गरेका छन् ।

विजयादशमीको टिकाको दिन महेश खड्काको काकाको घरका विधी पूर्वक उनीहरुले बिहे गरेका हुन् । बिहे गरे लगतै मिनाक्षी र खड्का बाँनियाटारमा कोठा लिएर बसेका छन् । मिनाक्षी र महेशको प्रेमको बारेमा बजारमा गाइगुई हल्ला चलेको केही समय मात्र भएको थियो । उनीहरु अहिले नै बिहे गर्ने सोचाइमा भने थिएनन् ।

तर बजारमा हल्ला चल्न थालेपछि उनीहरुले यही बर्षको मंसिरमा बिहे गर्ने योजना बुनेका थिए । एक भेटमा महेश खड्काले अनलाइनखबरसँग तिहार लगतै बिहे गर्ने खुलाएका थिए । तर उनीहरुले विजयादशमीको टिकाको दिनमै बिहे गरेका हुन् । आफ्नो परिवारको सहमतीमै बिहे भएको महेशले बताए ।

महेशको दोश्रो बिहे

संगीतकार महेश खड्काको यो दोश्रो बिहे हो । खड्काको एक छोरा र श्रीमती छन् । तर पहिलो श्रीमतीसँग महेशको सम्बन्ध खासै राम्रो नरहेको वुझिन्छ । महेशले मिनाक्षी र आफूले एक अर्काको भावना वुझेकाले सँगै बस्ने निर्णय गरेर गल्ती नगरेको बताए । उनले भने, ‘हेर्नुहोस्, जीवनमा कोही मानिससँग मिल्न सकिदैन भने टाढा बस्न सकिन्छ । फेरी दोश्रो बिहे गर्ने म पहिलो सेलिब्रेटी पनि होइन ।’

कसरी भएको थियो मिनाक्षी र महेशको भेट ?

एक गीत रेकडिङ स्टूडियोमा मिनाक्षी र महेशको भेट भएको थियो । जतिबेला मिनाक्षी म्यूजिक भिडियो निर्देशनका लागि आफूलाई तिखार्दै थिइन् । यसपश्चात महेश र मिनाक्षी नजिक हुन थालेका हुन् । महेशको जीवन र पारिवारिक भोगाई सुनेपछि मिनाक्षीको मन उनी प्रति पग्लिएको हो ।

‘उसलाई साथ दिने र उसको भावना वुझ्ने मै मात्र छु जस्तो लाग्यो, यसैले बिहे गर्ने निर्णय गर्‍यौ’, मिनाक्षीले भनिन् । मिनाक्षी र महेश मिलेर ‘एम के’ कम्पनी पनि खोलेका छन् । यही कम्पनीले बजारमा ल्याउन लागेका केही गीतको भिडियो मिनाक्षीले निर्देशन पनि गरिसकेकी छिन् ।

महेशले मिनाक्षीलाई बिहेको लागि प्रस्ताव गरेका हुन् । जुन कुरालाई स्विकार गर्दै मिनाक्षीले यो निर्णय लिएको वुझिन्छ । मिनाक्षी महेशको घरमा प्रायजसो जाने गर्थिन् । महेशको परिवारसँग मिनाक्षी निक्कै नजिक रहेको वुझिन्छ । गत बर्षको दशैमा महेशको परिवार मिनाक्षीको साथमा मनकामना पनि पुगेका थिए ।

तर मिनाक्षी र महेशको सम्बन्धको बिषयमा कोइराला परिवार भने जानकार छैन । यसैले पनि मिनाक्षीको परिवार बिना नै यो बिहे भएको हो । संगीतकार खड्काले आफूहरुले आज बिहेको बिषयमा जानकारी गराउन लागेको बताए । मिनाक्षीले आफू कामको शिलसिलामा बिराटनगर जान लागेको भनेर घरबाट बाहिर निस्किएकी थिइन् ।

अन्तत ५ बर्ष लामो प्रेमसम्बन्धलाई मिनाक्षी र महेशले बिहेमा परिणत गरेका छन् । उनीहरुको यो निर्णयलाई आम दर्शक, चलचित्र क्षेत्र तथा सांगीतिक क्षेत्रले भने कसरी हेर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses