२४ जना मिलेर सरापे प्रचण्डलाई
३१ साउन, काठमाडौ । गोरखा फुजेल निवासी कृष्णप्रसाद अधिकारीको हत्याको छानविन कार्यलाई अगाडि नबढाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनीपूर्ण भाषा प्रयोग गरेको भन्दै मानवअधिकारकर्मी, नागरिक समाज र पिडित पक्षले गम्भिर आपत्ती प्रकट गरेका छन् ।
करिब २५ जनाले आफ्नो नामनै उल्लेख गरेर प्रचण्डको अभिव्यक्तिलाई कडा प्रहार गरेका छन् । उनीहरुले लोकतन्त्र र विधीको उपहास गरेको तथा न्यायिक प्रक्रियामाथी गम्भिर प्रहार गरेको आरोप लगाएका छन् ।
हत्याको छानविन अगाडी बढाउन राष्ट्रिय मानवअधिकार आयोगको सिफारीसमा नेपाल सरकारबाट अनुसन्धान अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएकोमा प्रचण्डले छानविन प्रक्रिया अगाडि नबढाउन दिएको चेतावनी न्यायिक प्रक्रिया माथि गम्भीर प्रहार भएको भन्दै आपत्ति प्रकट गरेका हुन् । उनीहरुले प्रचण्डले सभ्य समाजको आधारभूत मूल्य एवं मान्यता माथि गम्भीर प्रहार गरेको भन्दै उनको अभीव्यक्तिले लोकतन्त्र र विधीको शासनको उपहास गरेको बताएका छन् ।
हत्या जस्तो जघन्य अपराधको स्वतन्त्र, निष्पक्ष, पारदर्शी, विश्वसनीय एवं विधि संगत ढंगबाट अनुसन्धान गरिनु पर्ने उनीहरुको माग छ । साथै उनीहरुले घटनाको निष्पक्ष ढंगबाट अनुसन्धान प्रारभ्म गर्न र मृतकका आमा गंगा देवी र बुवा नन्द प्रसाद अधिकारीको जीवन रक्षाका लागी अविलम्ब पहल गर्न जोडदार अपील पनि गरेका छन् ।
१ .दिनेश त्रिपाठी
२. प्रा. कपिल श्रेष्ठ
३. चरण पसाई
४. सुदिप पाठक
५. भवानी प्रसाद खरेल
६. सुवोध प्याकुरेल
७. प्रा . अमोदा श्रेष्ठ
८. नवराज अधिकारी
९. सुमन अधिकारी
१०. कमला राई
११. ज्ञानेन्द« आर्यन
१२. जगत राउत
१३. मेघ बहादुर खत्री
१४. लक्ष्मी कोइराला
१५. शेष नारायण श्रेष्ठ
१६. सुशीला शर्मा
१७. अनिल खनाल
१८. बालकृष्ण शर्मा
१९. राम कुमार भण्डारी
२०. सावित्री श्रेष्ठ
२१. रिना श्रेष्ठ
२२. परीक्षा राणा
२३. सुरेश भट्ट
२४. भानुभक्त ढकालnepaliheadlines
0 comments
Write Down Your Responses