नायिका निशा अधिकारी के कुराले रोइन्..... (फोटो फिचरसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नायिका निशा अधिकारीको एउटा रहस्य चुहिएको छ । उनले केही समय अघि समिक्षक डाक्टर प्रदिप भट्टराइलाई एक पत्र लेखेकी थिइन् । उक्त पत्रलाई समिक्षक भट्टराइले प्रेमपत्रको संज्ञा दिएका छन् । सगरमाथा चढ्न लागेकी निशालाई शुभकामना दिन पुगेका भट्टराइले निशासँगको उक्त रहस्य चुहाएका हुन् । निशाले लेखेको प्रेमपत्र आफ्नो साथमा अझै भएको भन्दै उनले उक्त पत्रलाई लेमिनेशन गरेर सजाउने घोषणा गरे ।


यसैबिच शुभकामना दिदै गर्दा भट्टराइले आफ्नो जीवन कहानी सुनाएका थिए । उनको कुरा सुनेर नायिका अधिकारी भावुक भएकी थिइन् । निशाको आखा आशु आएको थियो ।











प्रदिपले आफ्नो पत्रकारीता जीवन र तलब नपाउँदाको पिडा पोखेका थिए । प्रदिपको पिडा सुनेर निशा भावुक भएको प्रष्ट थियो ।





प्रदिपले निशालाई जीवनमा अगाडी बढ्न अपनाउनुपर्ने उपायहरुको बारेमा बताएका थिए । उनले निशालाई साहसी भएर सगरमाथा चढ्न शुभकामना दिएँ । के थियो लभलेटर भित्र ? बिहिबार गरिएको पत्रकार सम्मेलनमा डाक्टर प्रदिप भट्टराइले निशाले प्रेमपत्र दिएको बताएपनि त्यसमा के लेखिएको थियो भन्ने बारेमा केही खुलाएका थिएनन् । तर अनलाइनखबरमा यस बिषयमा समाचार प्रकाशन भएपछि उनले प्रेमपत्रका बारेमा स्पष्ट बोलेका छन् । प्रदिपले भने, ‘त्यो प्रेमपत्र गाली गरिएर लेखिएको थियो ।’ अन्नुपर्ण होटलमा केही समय अघि भएको सिनेमा सम्बन्धी अन्तरराष्ट्रिय वर्कशपमा प्रदिपले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र अंग्रेजीमा लेखिएको थियो । प्रदिपले कार्यपत्र प्रस्तुत गरेपछि नायिका निशा अधिकारीले उनलाई एउटा चिट दिएकी थिइन् । प्रदिपले भने, ‘उक्त चिटमा कार्यपत्र झुर भएको, लामो भएको र अनावश्यक रुपमा विषयबस्तु समावेश गरिएको भनि लेखिएको थियो ।’ निशाले लेखेको उक्त चिटलाई प्रदिपले आफ्नो श्रीमतीलाई पनि देखाएका थिए । श्रीमतीले तपाई लोभी हुनुहुन्छ, त्यती लेख्ने युवतीलाई एउटा फुलको बुकी दिएर धन्यबाद पनि भन्न सक्नु भएन भन्दै प्रदिपलाई संझाएकी थिइन् । प्रदिपले भने, ‘बिहिबार म निशालाई शुभकामना दिन गएको थिए, मैले कसरी उक्त कार्यक्रममा निशाले मलाई गाली गरेर चिट लेखेकी थिइन् भन्न सक्थे र ।’ यसैले आफूले उक्त चिटलाई प्रेमपत्र भनेको प्रदिपको भनाई छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses