'एमाले किन पराजित भयो?'

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, चैत १८- नेकपा एमाले क्षेत्र नं. ५ को आयोजनामा आयोजित अगुवा कार्यकर्ता भेलामा वक्ताहरूले २०६४ सालको निर्वाचनमा यस क्षेत्रबाट भएको एमालेको पराजयबाट पाठ सिकेर समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। सो अवसरमा एमाले महासचिव ईश्वर पोखरेलले विगतमा यस क्षेत्रमा एमाले पराजित हुनुको कारणको खोजी गर्नुपर्नेमा जोड दिए।



उनले परिवर्तनका संवाहक र सुधारका संवाहक राजनीतिक दलहरू जमिनमुनि लुकेर हिँड्नुपरेको र गैरराजनीतिक व्यक्ति र गैरराजनीतिक दलले देशमा शासन गर्ने स्थिति आउनु दुर्भाग्यपूर्ण रहेको विचार व्यक्त गरे।



महासचिव पोखरेलले एमाओवादीले थालेको दश वर्षे जनयुद्धबाट देशको व्यापक भौतिक संरचना ध्वस्त हुनुका साथै धेरै निहत्था नागरिकको ज्यान गएको बताए। एमाले भ्रातृ सङ्गठन राष्ट्रिय बुद्धिजीवी परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले मुलुक अहिले निकै अप्ठ्यारो स्थितिमा रहेकाले एकअर्कालाई हिलो छयापाछ्याप गर्नुभन्दा कमीकमजोरी सुधारी आर्थिक सामाजिक रुपान्तरणमा ध्यान दिनुपर्ने औंल्याए।



एमाले काठमाडौं जिल्ला कमिटी सभापति निर्मल कुईंकेलले वामपन्थी राजनीतिमा एमाले मात्र वैचारिक दृष्टिले श्रेष्ठ

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses