Video
»
मलेसिया घटनाको तथ्य सार्वजनिक गर्न दूतावासले विशेष टोली परिचालन
मलेसिया घटनाको तथ्य सार्वजनिक गर्न दूतावासले विशेष टोली परिचालन
भिडियो हेर्न तल क्लिक गर्नुहोस
हालै जोहोर बाहरु मलेसियामा घटेको घटना जे भएपनी निन्दनीय नै छ ! उक्त घटनामा भएको कुटपिट घटनाको स्थलगत अध्ययन गर्न नेपाली दूतावासले विशेष टोली परिचालन गरेको छ । घटनाको तथ्य सार्वजनिक गर्न तीन कर्मचारी खटाइएको कार्यवाहक राजदूत लेखनाथ भट्टराईले बताए । ‘उहाँहरूले त्यहाँ कार्यरत नेपालीको नामावली संकलन गर्दै पहिचान गरिरहनुभएको छ,’ भट्टराईले भने, ‘जतिसक्दो छिटो विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ आइतबार स्थानीय युवाको समूहले यहाँस्थित एक होस्टलमा पसेर नेपाली र विदेशी कामदारमाथि आक्रमण गरेको थियो । अहिले उक्त होस्टलमा सुरक्षा व्यवस्था मिलाइएको दूतावासले जनाएको छ । सोमबार बिहान घटनास्थल पुगेको दूतावास टोलीले त्यहाँ घाइते नेपाली, प्रत्यक्षदर्शी, कम्पनी एवं प्रहरी प्रशासनलगायत विभिन्न पक्षसित सोधखोज गरिरहेको छ । त्यहाँ बस्ने नेपालीका अनुसार विभिन्न ३ कम्पनीले आफ्ना कामदार त्यहाँबाट सारिसकेका छन् । होस्टल परिसरमा नेपाली अझै त्रसित भएकाले सुरक्षा व्यवस्था मिलाइएको दूतावासले जनायो । आक्रमणमा घाइते भएपछि अस्पताल भर्ना भएका सामरी-४ नुवाकोटका राजु विश्वकर्मा बुधबार डिस्चार्ज भएका छन् । बायाँ खुट्टा भाँचिएको र निधारमा गहिरो चोट लागेका उनको उपचारखर्च कम्पनीले बेहोरेको दूतावासले बतायो । अर्का घाइते मोहमदपुर-४ रौतहटका रामलाल साहको हात र खुट्टा भाँचिएको छ । अस्पतालले आगामी अपि्रल ५ मा उनको शल्यक्रिया गर्ने तयारी गरेको छ । source : nayakhabar
0 comments
Write Down Your Responses